सानिमा बैंकको २१औं वार्षिक साधारणसभा सम्पन्न, ७.३६% नगद लाभांश वितरण गर्ने निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सानिमा बैंकको २१औं वार्षिक साधारणसभा सम्पन्न, ७.३६% नगद लाभांश वितरण गर्ने निर्णय



काठमाडौं । सानिमा बैंक लिमिटेडले २०८२ कार्तिक २ गते आइतबारका दिन २१औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ ।

बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पूजीँको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

संस्थापक शेयरधनीहरुको तर्फबाट तुक प्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाख २१औं वार्षिक साधारणसभाबाट निर्बिरोध निर्वाचित हुनुभएको छ ।

आर्थिक बर्ष २०८१/८२ मा रु. २.५७ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २६३.५५ अर्ब, कुल निक्षेप रु. २२५.४८ अर्ब तथा खुद कर्जा सापटी रु १८३.४५ अर्ब रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १३.०९, ११.२२ र १२.७० प्रतिशतले बृद्धि गरेको छ ।

प्रकाशित : 26 October, 2025 11:03 am