सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सुदूरपश्चिम रोयल्सबीच निरन्तर सहकार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सुदूरपश्चिम रोयल्सबीच निरन्तर सहकार्य



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (NPL) मा सुदूरपश्चिम रोयल्ससँग पुनः सहकार्य गर्दै आधिकारिक इन्स्योरेन्स पार्टनरको रूपमा आफ्नो सहभागिता पुष्टि गरेको छ।

खेलकुदको विकासमा योगदान पुर्‍याउने उद्देश्यले दुई प्रतिष्ठित संस्थाबीचको यो निरन्तर साझेदारीले राष्ट्रिय खेलकुदको सुरक्षात्मक संरचना थप सुदृढ हुने अपेक्षा गरिएको छ।

सलिकोका प्रमुख कार्यकारी अधिकृत (CEO) श्री चंकी क्षेत्रीले सहकार्यप्रति खुसी व्यक्त गर्दै भने, “हामी सुदूरपश्चिम रोयल्ससँग पुनः सहकार्य गर्न पाउँदा हर्षित छौं। जोखिम व्यवस्थापनमा अग्रसर कम्पनीको हैसियतले हामी खेलाडीलाई आत्मविश्वासका साथ खेल्न प्रोत्साहित गर्न चाहन्छौं। आशा छ, यस सिजनमा कप सुदूरपश्चिममा आउनेछ।”

त्यस्तै, सुदूरपश्चिम रोयल्सका CEO श्री प्रकाश खड्काले SALICO जस्तो प्रतिष्ठित ब्रान्डसँगको सहकार्यलाई गर्वको विषय बताउँदै भने, “उहाँहरूको निरन्तर साथले NPL लाई अझ उचाइमा पुर्‍याउनेछ र अन्य संस्थाहरुलाई पनि खेल क्षेत्रमा लगानी गर्न प्रेरणा मिल्नेछ।”

नेपालभर १०० भन्दा बढी शाखामार्फत सेवा दिँदै आएको SALICO ले व्यक्तिगत तथा कर्पोरेट ग्राहकहरूलाई विविध बीमा सेवा प्रदान गर्दै आएको छ।

विश्वास, सुरक्षात्मक सोच र सामाजिक उत्तरदायित्वमा आधारित कम्पनीका रूपमा SALICO ले राष्ट्रिय गौरवका प्रतीक खेलाडीहरूको साथमा खेलकुदको उत्थानमा निरन्तर प्रतिबद्ध रहने जनाएको छ।

प्रकाशित : 16 October, 2025 12:31 pm