काठमाडाैँ । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि आफ्ना शेयरधनीहरूलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको ३३४औं बैठक सोमबार दिउँसो ३:३० बजे बसेर उक्त निर्णय गरेको हो।
प्रस्ताव अनुसार, बैंकले हाल कायम चुक्ता पुँजीबाट ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरूलाई वितरण गरिनेछ।
गरिमा विकास बैंकको हाल चुक्ता पुँजी रु ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ रुपैयाँ ५७ पैसा रहेको छ। प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढेर रु ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा पुग्नेछ।





Comment