नेपालले आज कतारको सामना गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

मुख्य समाचार

नेपालले आज कतारको सामना गर्ने

ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया तथा एशिया प्यासेफिक छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले आज कतारको सामना गर्दैछ।

सो खेल नेपाली समय अनुसार राती ८ः४५ बजे शुरु हुनेछ। छनोट प्रतियोगितामा आफ्नो विजय यात्रालाई निरन्तरता दिन खेल्दैछ।

समूह चरणमा कुवेत र जापानलाई पराजित गर्दै समूह विजेता बनि सुपरसिक्समा पुगेको नेपालले हिजो आइतबार भएको खेलमा यूएईलाई १ रनले पराजित गरेको थियो।

नेपालले कतारसँग यसअघि तीन पटक खेलिसकेको छ। जसमध्ये २ खेलमा नेपालले कतारलाई पराजित गरेको थियो भने एक खेलमा कतारले नेपाललाई हराएको थियो।

यूएईलाई पराजित गरेपश्चात नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ। पहिलो स्थानमा भने ओमान रहेको छ। ओमान नेट रनरेटका आधारमा पहिलो स्थानमा पुगेको हो। नेपालसँग पराजित यूएई र जापान दुबै २ अंकसहित क्रमश तेस्रो र चौथो स्थानमा छन्।

सुपर सिक्समा शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने २० टिमको टी २० विश्वकपमा स्थान बनाउनेछ।

प्रकाशित : २७ आश्विन २०८२, सोमबार ०७:५५ 13 October, 2025 7:55 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।