महालक्ष्मी विकास बैंकको नव उद्यम कर्जा योजना सञ्चालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महालक्ष्मी विकास बैंकको नव उद्यम कर्जा योजना सञ्चालनमा



महालक्ष्मी विकास बैंकले वैदेशिक रोजगारबाट फर्किएका नेपालीलाई लक्षित गर्दै नव उद्यम कर्जा योजना सञ्चालनमा ल्याएको छ। विदेशमा काम गरेर फर्किएका व्यक्तिहरूलाई आत्मनिर्भर उद्यमी बनाउन सहयोग गर्ने उद्देश्यसहित आकर्षक र प्रतिस्पर्धी ब्याजदरमा यो कर्जा सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ।

विदेशमा कार्यरत हुँदा आर्जित सीप, अनुभव र केही बचत रकम भए पनि पर्याप्त पूँजी अभावका कारण आफूले चाहेको व्यवसाय सुरु गर्न नसकेका युवालाई लक्षित गर्दै यस्तो योजना ल्याइएको हो। कृषि, व्यापार, सेवा र उत्पादनमा आधारित व्यवसाय सञ्चालनमार्फत उद्यमशीलता प्रवर्द्धन गर्न सकिने लक्ष्य बैंकले लिएको छ।

यस कर्जा योजनाअन्तर्गत न्यूनतम १० लाखदेखि अधिकतम १ करोड रुपैयाँसम्म ऋण सुविधा उपलब्ध हुनेछ। कर्जाको अवधि न्यूनतम २ वर्षदेखि अधिकतम १५ वर्षसम्म रहने व्यवस्था गरिएको छ। यसले नेपाल फर्किएका युवालाई आत्मनिर्भर बनाउन, स्वदेशमै रोजगारी सिर्जना गर्न, उद्यमशीलता प्रवर्द्धन गर्न र विप्रेषणमार्फत आउने रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।

यस्तो सुविधा विदेश फर्किएका मात्र नभई नेपालमै रहेका व्यक्तिहरूले पनि साना तथा मझौला उद्योग व्यवसाय सञ्चालन र विस्तार गर्न लिन सक्ने व्यवस्था गरिएको छ।

“सबल बैंक, सफल सहकार्य” भन्ने नाराका साथ महालक्ष्मी विकास बैंकले विगत ३१ वर्षदेखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ। देशभर करिब ८ लाखभन्दा बढी ग्राहक रहेको यस बैंकले ग्रामीणदेखि शहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्दै आर्थिकीमा योगदान पुर्‍याइरहेको छ।

प्रकाशित : 6 October, 2025 12:56 pm