इलाममा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २८ पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

इलाममा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २८ पुग्यो



काठमाडौं । इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर हालसम्म २८ जनाको मृत्यु भएको छ । माइजोगमाई गाउँपालिकामात्रै ८ जनाको मृत्यु भएको छ ।

सुर्योदय नगरपालिकामामा ५ जना, माङसेवुङ गाउँपालिकामा ३, इलाम नगरपालिका –६ मा ६ जना ,देउमाई नगरपालिकामा २ जना, फाकफोकथुङ गाउँपालिकामा १ जना ,सन्दकपुर गाउँपालिकामा ३ जना गरी जम्मा २८ जनाको मृत्यु भएको हो ।

कोशी प्रदेशका विभिन्न क्षेत्र जलमग्न भएका छन् । अझै केही दिन वर्षा हुने सम्भावना भएका कारण बाढी, पहिरो र डुबानको समस्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित : 5 October, 2025 1:30 pm