इलाममा बाढीपहिरो ः हेलिकप्टर अवतरणमा समस्या « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

इलाममा बाढीपहिरो ः हेलिकप्टर अवतरणमा समस्या



विराटनगर । इलाममा बाढीपहिरोका कारण घाइतेहरूलाई उद्धारका लागि पठाइएको नेपाली सेनाको हेलिकप्टरले प्रतिकूल मौसमका कारण अवतरण गर्न नसक्दा उद्धार कार्यमा चुनौती थपिएको छ ।

माङसेबुङ–१, गजुरमुखीबाट घाइते लिएर धरानस्थित घोपा क्याम्पतर्फ गइरहेको हेलिकप्टर खराब मौसमका कारण अवतरण गर्न असफल भएको हो ।

विराटनगरको नोबेल अस्पतालमा ल्याण्ड गर्ने प्रयास पनि असफल भएपछि हेलिकप्टरलाई इटहरी फर्काएर सुरक्षित अवतरण गरिएको छ ।

हाल इटहरीमै घाइतेहरूको अवस्था स्थिर राखिएको र मौसम सुधार भएपछि पुनः धरानको घोपा क्याम्प लैजाने तयारी भइरहेको बताइएको छ ।

नेपाली सेनाको हेलिकप्टरले पहिरो प्रभावित क्षेत्रबाट गर्भवती महिलासहित घाइतेहरुलाई उद्धार गरेको थियो ।

प्रकाशित : 5 October, 2025 1:27 pm