अधिकांश जिल्लामा वर्षा रोकियो, ललितपुरको खुमलटारमा सबैभन्दा बढी वर्षा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

Feature News

अधिकांश जिल्लामा वर्षा रोकियो, ललितपुरको खुमलटारमा सबैभन्दा बढी वर्षा

काठमाडौं । शुक्रबारदेखिको अविरल बर्षा आइतबार विहान कम भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले धेरैजसो जिल्लामा ठुलो पानी पर्न रोकिएको छ।

गएको एक घण्टा (१०ः३० भन्दा अगाडि)मा सबैभन्दा बढी ललितपुरको खुमलटारमा ३.६ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।

तर काठमाडौं, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, सर्लाही, सिन्धुली र रामेछाप जिल्लाका कुनै कुनै ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ ।

प्रकाशित : १९ आश्विन २०८२, आइतबार १०:५४ 5 October, 2025 10:54 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।