काठमाडौं । हाल मनसुनको विपद्मा काठमाडौं उपत्यकाभित्र इन्ड्राइभ, पठाओ, याङ्गो जस्ता राइड सेयर सेवाले यात्रुहरूबाट अत्यधिक भाडा लिने गुनासो प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गरेको छ।
शनिबार जारी सूचनामा, यस्तो अवस्थालाई प्रयोग गरी अत्यावश्यक सेवा भनेर ठगी गर्न नमिल्ने स्पष्ट पारिएको छ।
प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवाद्वार हस्ताक्षरित सूचनामा भनिएको छ कि, कोहीले यसरी अनियमित रूपमा भाडा लिने काम गरेको देखिएमा प्रमाणसहित प्रशासन कार्यालयमा जानकारी दिन अनुरोध गरिएको छ। यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायराभित्र कडा कारबाही गरिने पनि उल्लेख छ।






Comment