असोज १९ र २० गते सार्वजनिक विदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

अर्थतन्त्र

असोज १९ र २० गते सार्वजनिक विदा

काठमाडौं ।  नेपाल सरकार, गृह मन्त्रालयले देशभर असोज १९ र २० गते (आइतबार र सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रालयले आज प्रकाशित एक सूचनामार्फत आगामी दुई दिनका लागि बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानहरूमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ ।

वर्षाका कारण बाढी, डुवान, भू–क्षय जस्ता विपद् उत्पन्न हुने सम्भावनाका साथै सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने, साथै मानवीय क्षति समेत हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै गृह मन्त्रालयले सतर्कता अपनाउँदै अत्यावश्यक सेवाबाहेकका सबै कार्यालय बन्द गर्ने निर्णय लिएको हो ।

यस अवधिमा नागरिकहरूलाई अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र सुरक्षित स्थानमा बस्न मन्त्रालयले अनुरोध समेत गरेको छ ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेका अनुसार, सार्वजनिक सुरक्षालाई मध्यनजर गर्दै निर्णय गरिएको हो ।

प्रकाशित : १८ आश्विन २०८२, शनिबार १५:२१ 4 October, 2025 3:21 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।