वेस्ट इन्डिज र नेपालबीचको अन्तिम खेल आज हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

वेस्ट इन्डिज र नेपालबीचको अन्तिम खेल आज हुँदै



काठमाडौं ।  दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिज र नेपालबीचको टी– २० सिरिज युनिटी कपअन्तर्गत अन्तिम खेल आज हुँदैछ ।

खेल आज राति सवा ८ बजे यूएईस्थित शाहजाह क्रिकेट स्टेडियममा हुनेछ ।

नेपालले सिरिजको उपाधि जितिसकेको छ । लगातार दुई खेलमा शान्दार जित दर्ता गर्दै उपाधि जितिसकेको नेपाललाई आज सिरिज ‘क्लिन स्विप’ गर्ने मौका रहेको छ ।

टी– २० विश्वकप छनोटको तयारीमा रहेको नेपालले पहिलोपटक टेस्ट राष्ट्रसँग सिरिज खेलको हो ।

प्रकाशित : 30 September, 2025 7:16 pm