नवघोषित कुमारी आर्यताराले आज आसन ग्रहण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नवघोषित कुमारी आर्यताराले आज आसन ग्रहण गर्ने



काठमाडौं । नवघोषित कुमारी आर्यतारा शाक्यले आज मङ्गलबार आसन ग्रहण गर्ने भएकी छिन् । स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया कुमारीलाई मध्यान्हको शुभ साइतमा विधि विधान पूर्वक कुमारी घरमा आसन ग्रहण गराउने तयारी पूरा गरिएको हो ।

विशेष बाजागाजासहित आसन गराएपछि तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराइने कुमारी घर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए ।

उनका अनुसार जीवित देवीका रूपमा पूजाआजा गरिने कुमारीलाई महालक्ष्मीको प्रतीक समेत मानिएको छ । तत्कालीन राजा जयप्रकाश मल्लले कुमारीलाई स्थापना गरेको बताइन्छ ।

कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको थियो ।

कुमारी छनोटका क्रममा सरोकार भएका सबै बहालहरूलाई नाम सिफारिस गर्न पत्राचार गरिएको कुमारी घर व्यवस्थापन समितिका संयोजक शाक्यले बताए । कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने परम्परा छ ।

प्रकाशित : 30 September, 2025 8:23 am