काठमाडौं । दशैंको केही दिन मनकामना केबलकार बन्द हुने भएको छ ।
केवलकारले यस वर्षको महानवमी, विजया दशमी तथा एकादशी अवसरमा केबलकार सेवा सञ्चालन नहुने जनाएको छ ।
यस अवधिमा सेवाग्राहीहरूलाई असुविधा पुग्न गएकोमा कम्पनी क्षमाप्रार्थी रहेको जनाएको छ ।
नियमित सेवा असोज १८ गते (अक्टोबर ४), शनिबारदेखि पुनः सुचारु हुने केवलकारले जनाएको छ । कम्पनीले यात्रुहरूलाई अझ सहज, सुरक्षित र व्यवस्थित सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछ ।
यस अवसरमा मनकामना केबलकार परिवारले सम्पूर्ण सेवाग्राही, व्यवसायिक साझेदार र शुभेच्छुकहरूलाई विजयादशमी तथा बडादशैंको पावन अवसरमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिका लागि हार्दिक मंगलकामना व्यक्त गर्दछ ।





Comment