मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३२ पैसा तोकिएको छ । यस्तै युरोपेली युरोको खरिद दर १६५ रुपैयाँ ९५ पैसा र बिक्री दर १६६ रुपैयाँ ६६ पैसा तोकिएको छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १९० रुपैयाँ २८ पैसा र बिक्री दर १९१ रुपैयाँ ०९ पैसा कायम गरिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलरको खरिद दर ९२ रुपैयाँ ९८ पैसा र बिक्री दर ९३ रुपैयाँ ३८ पैसा तोकिएको छ। क्यानेडियन डलरको १०१ रुपैयाँ ७२ पैसामा खरिद र १०२ रुपैयाँ १५ पैसामा बिक्री भएको छ ।

सिंगापुर डलरको खरिद दर १०९ रुपैयाँ ७७ पैसा र बिक्री दर ११० रुपैयाँ २४ पैसा छ भने जापानी येनको १० इकाई खरिद दर ९ रुपैयाँ ५२ पैसा र बिक्री दर ९ रुपैयाँ ५६ पैसा तोकिएको छ। कतारी रियालको खरिद दर ३८ रुपैयाँ ८८ पैसा र बिक्री दर ३९ रुपैयाँ ०५ पैसा कायम गरिएको छ ।

प्रकाशित : 30 September, 2025 7:15 am