दसैं बिदामा पनि नेपाल आयल निगमका डिपो खुला रहने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

दसैं बिदामा पनि नेपाल आयल निगमका डिपो खुला रहने



काठमाडौं । दसैंको सार्वजनिक बिदाका दिनहरूमा पनि पेट्रोलियम आपूर्तिमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले नेपाल आयल निगमले देशभरका केही कार्यालय र डिपो खुला राख्ने निर्णय गरेको छ।

निगमका अनुसार, स्थानीय आवश्यकता र मागका आधारमा १३ स्थानका इन्धन डिपो तथा क्षेत्रीय कार्यालयहरू दसैंको बिदामा पनि सञ्चालनमा रहनेछन्।

खुला रहने स्थानहरूमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय साथै धनुषा, चारआली, नेपालगञ्ज, वीरगन्ज, दाङ र दीपायलका डिपोहरू समावेश छन्।

दसैंको समयमा सवारीसाधनको चाप बढ्ने र इन्धनको माग पनि उच्च हुने भएकाले निगमले बिक्री वितरण सहज बनाउन अग्रिम तयारी गरेको जनाएको छ।

प्रकाशित : 29 September, 2025 7:40 am