शिवम् होल्डिङ्सको साधारणसभा असोज ३१ गते, ११ करोड ६० लाख नगद लाभांश प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

शिवम् होल्डिङ्सको साधारणसभा असोज ३१ गते, ११ करोड ६० लाख नगद लाभांश प्रस्ताव



काठमाडौं । शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेड ले आगामी असोज ३१ गते साधारणसभा आह्वान गरेको छ। साधारणसभा काठमाडौंमा आयोजना हुने छ।

कम्पनीले साधारणसभामा चालु आ.व. २०८१/०८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ। यसअनुसार ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश शेयरधनीलाई वितरण गरिनेछ।

हाल कम्पनीको चुक्ता पुँजी रु. ४ अर्ब ६४ करोड रहेको छ।

शिवम् होल्डिङ्सले निकट भविष्यमै सार्वजनिक शेयर (IPO) निष्कासन गर्ने तयारी समेत गरिरहेको छ। यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा चयन गरिसकेको जनाएको छ।

साधारणसभामा पेस हुने मुख्य एजेन्डा

१. आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदनमाथि छलफल र अनुमोदन।
२. लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाबकिताब र नगद प्रवाह विवरण पारित गर्ने।
३. आ.व. २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण।
४. २.५०% दरले नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने।
५. अन्य विविध प्रस्तावहरू।

कम्पनीको साधारणसभा शेयरधनीलाई लाभांश वितरण, आगामी योजना र आईपीओ तयारीका दृष्टिकोणले महत्वपूर्ण मानिएको छ।

प्रकाशित : 24 September, 2025 11:17 am