काठमाडौं । पिपुल्स पावर लिमिटेडले भदौ १५ देखि २२ गतेसम्म लिलामीमार्फत बिक्रीका लागि खुला गरेको बाँकी शेयरको बाँडफाँड गरेको छ।
कम्पनीले यसअघि जारी गरेको हकप्रद शेयर निष्कासनपछि बाँकी रहेका ३ लाख ९१ हजार ७७९ कित्ता शेयर लिलाम मार्फत बिक्री गर्न सार्वजनिक बोलपत्र आह्वान गरेको थियो।
लिलामी अवधिभर प्राप्त भएका बोलपत्रहरू भदौ ३० गते खोलेर आवश्यक प्रक्रिया पूरा गरी असोज ५ गते सञ्चालक समितिको रोहबरमा शेयर बाँडफाँड गरिएको हो।
बाँडफाँडमा कट अफ प्राइस (न्यूनतम स्वीकार गरिएको मूल्य) प्रतिकित्ता २६१ रुपैयाँ ५० पैसा कायम भएको छ। सो मूल्य वा सोभन्दा माथिको मूल्यमा आवेदन दिने आवेदकहरूलाई सापेक्षिक भारका आधारमा समानुपातिक रूपमा शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।
साथै, शेयर नपाएका आवेदकहरूका लागि भुक्तानी गरिएको रकम आज असोज ७ गतेदेखि फिर्ता प्रक्रिया सुरु गरिएको कम्पनीले जानकारी दिएको छ।







Comment