सदस्यको विश्वास र पारदर्शितामै सहकारीको सफलता निहित छ: महाप्रबन्धक डम्बर बहादुर शाह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सदस्यको विश्वास र पारदर्शितामै सहकारीको सफलता निहित छ: महाप्रबन्धक डम्बर बहादुर शाह



संस्था स्थापनादेखि हालसम्मको उपलब्धीलाई कसरी लिनुभएको छ ?

संस्था स्थापनाका बखत यसक्षेत्रमा वित्तिय सेवा प्रदायक संघ संस्थाहरुको उपस्थिती थिएन । कृषिमा आश्रित बासीन्दाहरु आफ्नो कृषि कर्मका लागि आवश्यक श्रोत साधन सहजरुपमा जुटाउन सक्ने अवस्था थिएन । मल बिउ बिजन सहज रुपमा उपलब्ध हुने अवस्था थिएन । बाली लगाउने बेला कृषि सामाग्री खरिदका लागि पैसा नहुँदा किसानहरुलाइ समस्या हुने गर्थ्यो । त्यसका अतिरिक्त लम्कीमा अहलेको जस्तो सबै सुविधा र सर-सामानहरु पाइने बजार पनि नभएकाले उपभोक्ताले नुन तेल चिनी लगायत उपभोग्य सामाग्रीका लागि टाढाको बजार अथवा सिमावर्ती बजारसम्म पुग्नु पर्ने सम्मको अवस्था थियो ।

यी सबै समस्याहरु समाधानका लागि स्थानिय बासीहरुसग सहकार्य गरी अघि बढ्ने उदेश्यले २५ जना स्थानिय अगुवाहरुको नेतृत्वमा वि.स. २०५२ कार्तिक १७ गते यो संस्था स्थापना भएको हो । पछि वि.स. २०५४ मा यस संस्थाले नेपाल राष्ट्र बैकबाट अनुमती पाएपछि वित्तिय सेवा समेत दिन थाल्यो । बैक वित्तिय संस्थाको उपस्थिती नरहेको बेला संस्थालाइ सबैले विश्वास गरे ।

सबैको भरोसाले संस्था सबल र सक्षम हुदै गयो । समय क्रमसँगै देशमा देखिएको तत्कालिन माअवादीको आन्दोलनको प्रभावले बन्द हुने अव्थामा पुगेर भेलामा थन्कीएको यो संस्था आन्दोलनको विसर्जन सँगै फेरी लयमा फर्कियो । ६५ हजार शेयर पुँजीबाट शुरु भएको संस्थाको हालको कारोबारको आकार साढे ६ अर्ब पुगेको छ । २५ जना शेयर सदस्यबाट शुरु भएको यो सहकार्यमा आज ९० हजार सदस्य जोडिएका छन् । तत्कालिन बलिया गा.वि.स. हालको लम्कीचुहा नपाको १ वडा कार्यक्षेत्रमा सिमित थियो भने आज संस्थाको कार्यक्षेत्र सुदुरपश्चिम प्रदेशका ७ जिल्ला र लुम्बिनी प्रदेशको १ पालिका रहेको छ ।

४२ वटा शाखा छन् । ८ स्थानमा सहकारीपसलका अउटलेटहरु सञ्चालित छन् । ४ जना कर्मचारी बाट शुरु गरेका थियो आज ३०० जना कर्मचारीहरुको परिवार छ । यी सबै उपलब्धिको समिक्षा गर्दा सदस्यहरुको संस्थाप्रतिको विश्वास र सञ्चालक कर्मचारीहरुको इमान्दारिता एवंम लगनशिलताका कारण यो उपलब्धी सम्भव भएको हो जस्तो मलाइ लाग्छ । हामी सबै मिलेर गर्व गर्न लायक संस्था बनाउने अभिभारा वहन गरिरहेकोमा खुशी लाग्छ ।

बचत ऋणका अलावा संस्थाले सदस्यहरुलाई के कस्ता सेवासुविधा दिँदै आएको छ?

संस्थाले सञ्चालन गरेका व्यवसायहरुको कुरा गर्ने हो भने हामी ३ वटा व्यवसाय मार्फत सदस्य सेवामा समर्पित छ । पहिलो वित्तिय व्यवसाय अर्थात बचत ऋण कारोबार । दोस्रो कृषि प्रवर्धन व्यवसाय र तेस्रो सहकारी पसल अर्थात मार्ट व्यवसाय । तिनवटै व्यवसाय मार्फत सदस्यले सेवा लिइ रहेका छन्। अन्य सेवा सुविधाका सन्दर्भमा सदस्य सुरक्षण कार्यक्रम सन्चालन गरेका छौँ । जन्म देखि मृत्यू सम्म किसान–कोप भनि नियमित कार्यक्रम गरिरहेका छौँ । जस अन्तरगत सदस्यको घरमा बालक को जन्म देखि सदस्यको मृत्यू सँस्कार सम्ममा संस्थाको आर्थिक सामाजिक र साँस्कर्तिक सहभागिता रहने गरेको छ । सदस्यको घरमा बच्चाको जन्म हुँदा आमालाइ सुत्केरी स्याहार खर्च दिनुका साथै बच्चाको नाममा एउटा बिरुवा रोप्ने काम हुन्छ

। सदस्यमाथी दैविक विपत्ती वा प्राकर्तिक विपत्ती अइलागेमा सहायता गछौँ । सदस्यका छोरा छोरीले राम्रो अंकमा प्रवेशीका परिक्षा उत्तिर्ण गरेमा प्रोत्साहन स्वरुप छात्रवृत्ती दिन्छौ । ऋण लिने सदस्य वा निजको पतिको मृत्यू भएमा ऋण मिनाहा गर्छौ । काजकृया खर्च उपलब्ध गराउने गरेका छौँ । यसका अतिरिक्त समुदायमा अधारित भएर पर्यावरण सँरक्षण वित्तिय सचेतना नविकरणीय उर्जा प्रवर्द्धन र सामाजिक उद्मशिलता प्रवर्धनमा विभिन्न कार्यक्रमहरु गर्दै आएका छौँ ।

सहकारीले वित्तीय अनुशासन र पारदर्शितालाई कसरी कायम राखेको छ?

संस्थाले वित्तीय अनुशासन र पारदर्शितालाई कायम राख्न विभन्न नीतिहरु बनाएको छ । तिनै नितीहरुको अधिनमा रहनु सबै सरोकारबालाको कर्तव्य हुन्छ । नितीहरुको कार्यान्वयन भए नभएको अनुगमनका लागि कर्मचारी संयन्त्रको विकास गर्नुका साथै लेखा सुपरिवेक्षण समितीलाइ समेत जिम्मेवार बनाएका छौँ ।

संस्थाको हालसम्मको समग्र वित्तीय अवस्था केकस्तो छ ?

गत अ.व. को संस्थाको वासलतको आकार साढे ६ अर्बको रहेको छ । शेयर पुँजी ५० करोड भन्दा बढी छ । पुँजीकोष झण्डै ९० करोड रहेको छ । सञ्चालन मुनाफा १४ करोड रहेको छ । तरलता अनुपात ३१ प्रतिशत को हाराहारी छ । ऋण लगानी झण्डै ५ अर्बको हाराहारीमा छ । सदस्यबाट संकलित बचत ४ अर्ब ७५ करोडको हाराहारीमा छ ।

संस्थामा आवद्ध सदस्यहरुको जीवनस्तरमा कस्तो सुधार देख्न सकिन्छ ?

संस्थाको वित्तिय तथा गैरवित्तिय सेवाको पहुँचमा सबै सदस्य छन् । त्यसकारण संस्थाका सेवाहरुको उपयोग उहाँहरुले गरिरहनु भएको छ । संस्थाको सदस्य अभलेख अनुसार संस्था छोड्ने दर न्यून भएका कारण पनि सदस्यको जिवनस्तरमा सकारात्मक सुधार भएरनै हो । सेवा प्रवाहमा गरिब विपन्न फरकक्षमता भएका र एकल महिला मैत्री समावेशी निती सँस्थाले अँगिकार गरेको छ । यस बाट सदस्यको आर्थिक सामाजिक रुपान्तरण एवंम सशक्तीकरणमा संस्थाको भूमीका रहने गरेका कारण पनि सदस्यको जिवनस्तरमा सुधार देख्न सकिन्छ । सदस्यहरुलाइ उद्धमिशलता सम्बन्धी तालिम तथा सदस्यले उत्पादन गर्ने कृषी तथा गैरकृषी उत्पादन पसलहरुबाट बक्री तथा बजारीकरणको निती रहेका कारण सदस्यलाइ उत्पादन सँग जोड्न सहज भएको छ । यीनै गतीवीधीहरुका कारण पनि हुन सक्छ सदस्यहरुको जिवनस्तरमा उल्लेख्य सुधार भएको देख्न पाइन्छ ।

सहकारी संस्थाको विकास र प्रवर्धनमा संघहरुको भूमिकालाई कसरी लिनुहुन्छ ?

संघ भनेको प्रारम्भिक संस्थाहरु बिचको सम्बन्ध बलियो बनाउने र पैरवी गर्ने भूमीकामा रहनु पर्छ । संघहरु अफैले कुनै व्यवसाय गर्नु भन्दा पनि संस्थाहरुको क्षमता अभवृद्धि गर्ने र सहकारी आन्दोलनको अगुवाइ गर्ने दिशातर्फ बढी उन्मुख हुनु पर्छ जस्तो लाग्छ ।

प्रकाशित : 22 September, 2025 10:48 am