सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १९ सयले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १९ सयले बढ्यो



काठमाडाै । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा २ लाख १७ हजार १०० रुपैयाँ पुगेको हो । सोमबार छापावाल सुन तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ५७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ५९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज १० ग्राम सुनको मूल्य १ लाख ८६ हजार १३० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार २२२५ रुपैयाँ रहेको छ ।

प्रकाशित : 16 September, 2025 10:51 am