काठमाडौं । यस वर्षको बडादसैँका लागि आज (भदौ २९ गते) देखि सुकिला नोट साट्ने व्यवस्था भएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार सुकिला नोट असोज १० गतेसम्म साट्न सकिनेछ। तर यसपालि सर्वसाधारणले नयाँ बैंक नोट सिधै राष्ट्र बैंकबाट साट्न पाउने छैनन्।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथलीस्थित केन्द्रीय कार्यालयसँगै प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट दसैँका लागि सुकिला नोट साट्न सकिने व्यवस्था गरिएको छ।
यस्तै, बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि संघ–संस्था तथा सर्वसाधारणले बैंकिङ कारोबार समयमै सुकिला नोट साट्न सक्ने राष्ट्र बैंकले जनाएको छ।





Comment