काठमाडौं । ओमोडा एण्ड जेकेका विद्युतीय सवारी साधन खरिदमा ७ लाख रुपैयाँ छुट दिने भएको छ । कम्पनीले दशैं–तिहारको अवसर पारेर आकर्षक छुट अफर अघि सारेको हो ।
एसपीजी अटोमोबाइल्स प्रालिले ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ अफर ल्याएको छ । अफर अन्तर्गत जेको जे फाइ, जेको जे सिक्स र ओमोडा ई फाइभ खरिद गर्दा ७ लाख रुपैयाँसम्म छुट पाइने छ ।
कम्पनीका अनुसार जेको जे फाइभ र जेको जे सिक्स मा ४ लाख रुपैयाँ छुट पाइने छ । हाल जेको जे फाइको मूल्य ६० लाख ९९ हजार रुपैयाँ पर्छ । अफरमा किन्दा सस्तो पर्नेछ ।
त्यस्तै, ओमोडा ई फाइभमा ७ लाख रुपैयाँको नगद छुट दिइएको कम्पनीले जनाएको छ । अफरमा ग्राहकलाई एक्सचेञ्ज बोनस, ७ किलोवाट वाल चार्जर र १ वर्षको नि:शुल्क बीमा सुविधा पनि प्राप्न गर्न सकिनेछ ।
जेको जे फाइ र जेको जे सिक्स दुवै सवारीसँग ४०० किलोमिटरको रेञ्ज दिने क्षमता छ । यता, ओमोडा ई फाइभले भने ४३० किलोमिटरको रेञ्ज प्रदान गर्छ ।





Comment