११ जना मध्ये कसले जित्ला ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणको ताज ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

११ जना मध्ये कसले जित्ला ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणको ताज ?



इटहरी । इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा भिडियो सुटमा ११ जना प्रतिस्पर्धीहरूले विभिन्न पोजमा फोटो खिचाए भने परिचयात्मक भिडियो पनि छायांकन गरिएको थियो । सुट इटहरीस्थित सोल्टी होटलमा सम्पन्न भएको हो, जसको फोटोग्राफी निश्चल ग्यालरीका निश्चल श्रेष्ठले गरेका थिए ।

ओपन स्पेस प्रालीको आयोजनामा भइरहेको यस प्रतियोगिताले सौन्दर्यसँगै महिला सशक्तिकरणलाई पनि जोड्ने उद्देश्य राखेको छ । फाइनल चरणमा रामधुनीकी कविना पोख्रेल, मोरङकी सृजना लिम्बू, इटहरीकी सीमा लकान्द्री, रंगेली मोरङकी अर्चना सिटौला, इटहरीकी समिता राई, खोटाङकी परिना राई, दुहवी सुनसरीकी रईसा चौधरी, इटहरीकी सिता पूरी, इटहरीकी मेघा खड्का, इटहरीबाट अनुशा कुँवर र उर्मिला मगर रहेका छन् ।

उनीहरू २ चरणको डिजिटल र फिजिकल अडिसन पार गरेर फाइनलमा पुगेका हुन् । हाल प्रतियोगीहरूलाई र्‍याम्प वाक, बोल्ने कला, महिला सशक्तिकरणसम्बन्धी ज्ञान लगायत विभिन्न बौद्धिक सिपमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ । प्रतिष्पर्धी हरुलाई शुभेक्षा कार्कीले कोरियोग्राफी गरिरहेकी छन् ।

विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस पुर्बेली आइकन’को पहिलो संस्करण गत वर्ष सफलतापूर्वक सम्पन्न भएको थियो । यसमा उचाइ वा मोटाइको कुनै सीमा तोकिएको छैन । यतिबेला प्रतिस्पर्धीहरूले ट्यालेन्ट राउन्डको तयारी पनि गरिरहेका छन् । विजेताले १ लाख बराबरको आकर्षक उपहार प्राप्त गर्नेछन् । प्रतियोगिताको ग्राण्ड फिनाले असोजको पहिलो सातामा इटहरीमै हुने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित : 5 September, 2025 5:38 pm