प्रभु बैंकलाई ‘युरो मनी एक्सिलेन्स अवार्ड २०२५’ : नेपालकै उत्कृष्ट डिजिटल बैंकको मान्यता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकलाई ‘युरो मनी एक्सिलेन्स अवार्ड २०२५’ : नेपालकै उत्कृष्ट डिजिटल बैंकको मान्यता



काठमाडौं । प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित “युरो मनी एक्सिलेन्स अवार्ड २०२५” मा “ बेस्ट डिजिटल बैंक फर एसएमइ ” उपाधि प्राप्त गरेको छ। लघु तथा मध्यम उद्यम (एसएमइ ) क्षेत्रलाई लक्षित गरी डिजिटल बैंकिङ सेवा प्रवर्द्धनमा देखाएको अग्रसरता, प्रविधिमैत्री सेवा विस्तार र ग्राहक–केन्द्रित नीतिका आधारमा यो सम्मान प्रभु बैंकलाई प्रदान गरिएको हो।

बैंकका अनुसार, एसएमइ क्षेत्रलाई सहज, सुरक्षित र द्रुतगतिको बैंकिङ पहुँच दिने उद्देश्यले डिजिटल कारोबार प्रणालीलाई प्राथमिकता दिँदै आएको छ। यसै कारण युराे मनी लिमिटेडले प्रभु बैंकलाई नेपालकै उत्कृष्ट डिजिटल बैंकको रुपमा चयन गरेको हो।

यसअघि पनि प्रभु बैंकले “बै‌क अफ दी इअर २०२३” लगायतका विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो। लगातार प्राप्त हुँदै आएका यी मान्यताले बैंकको सेवाप्रति विश्वास र मूल्यवृद्धि भएको बैंकले जनाएको छ।

बैंकले डिजिटल प्रविधि प्रयोगमार्फत ग्रामीणदेखि शहरी क्षेत्रसम्म SMEs व्यवसायीलाई वित्तीय पहुँच सहज बनाउँदै राष्ट्रको अर्थतन्त्र सुदृढ बनाउन निरन्तर योगदान पुर्‍याइरहेको जनाएको छ।

प्रकाशित : 3 September, 2025 11:40 am