सहकारी सेवामा पारदर्शिता, शिक्षा र प्रविधि नै हाम्रो प्राथमिकता : राम प्रसाद कसुला, अध्यक्ष शुभकामना साकोस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कुराकानी

सहकारी सेवामा पारदर्शिता, शिक्षा र प्रविधि नै हाम्रो प्राथमिकता : राम प्रसाद कसुला, अध्यक्ष शुभकामना साकोस



सहकारीको अवस्थालाई तपाईं कसरी देख्नुहुन्छ ?

हाल सहकारी संस्थाहरू राम्रो अवस्थामा देखिएका छन्। सकारात्मक संकेतहरू देखिन थालेका छन्। यो हामी सहकारीकर्मीको लागि सुखद् पक्ष हो ।

शुभकामना साकोसको वित्तीय स्थिति कस्तो छ ?

हाम्रो सहकारीमा पर्याप्त तरलता छ। समग्र वित्तीय स्थिति सन्तोषजनक र स्थिर छ। सदस्यहरुको साथ र सहयोगले नतिजामुखी काम गर्न हामी सफल भएका छाैँ ।

ऋण असुली र व्यवस्थापन कसरी भइरहेको छ ?

हाम्रो सहकारीमा ऋण असुली र व्यवस्थापन सुदृढ छ। नियमित भुक्तानी गर्ने सदस्यलाई सहज बनाउन “ग्रीन जोन” प्रणाली लागू गरेका छौँ। हाल लगानीदर ७ देखि १३ प्रतिशतसम्म रहेको छ, जसमा स्प्रेड दर ६ प्रतिशत छ।

सहकारीमा अझै आम मानिसले पूर्ण विश्वास गर्न नसकेको भनाइ छ, तपाईंको धारणा ?

सहकारीप्रति विश्वास बढाउन शिक्षा अपरिहार्य हुन्छ। त्यसैले हामीले सदस्यहरूलाई हप्तैपिच्छे सहकारी शिक्षा सञ्चालन गरेका छौँ। यसकै कारण समुदायमा आधारित सहकारी संस्थाप्रति विश्वास क्रमशः बढिरहेको छ।

कतिपय सहकारी व्यवसाय किन सफल नभएका होलान ? उत्पादन क्षेत्रमा जानुपर्ने भनाइबारे तपाईंको विचार ?

सहकारी कुनै व्यवसायिक संस्था होइन, यो सेवामूलक संस्था हो। यसले शिक्षा, जागरण र समान उत्थानमा ध्यान दिनुपर्छ। तर केही व्यक्तिले सहकारीलाई दुरुपयोग गरी ठगी गरेकाले यसलाई सफल बनाउन चुनौती देखिएको हो।

लार्ज स्केलमा सहकारी व्यवसायको सम्भावना कत्तिको छ ?

सहकारी सानो वा ठूलो जे भए पनि सेवामूलक नै हुन्छ। यसलाई दिगो र विश्वासिलो बनाउन नियामक निकाय सबल हुनुपर्छ, र अभियानकर्ताले प्रभावकारी अभियान सञ्चालन गर्नुपर्छ। यी पक्ष व्यवस्थित भए सहकारीको सम्भावना अझ प्रष्ट हुन्छ।

सहकारी सेवा प्रवाहमा डिजिटल प्रविधिको प्रयोग र आगामी योजना के छ ?

हाम्रो सहकारी पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित छ। सदस्यहरूले मोबाइल बैंकिङमार्फत सहजै सेवा पाउँछन्। भविष्यमा पनि नयाँ प्रविधि भित्र्याएर सेवालाई अझ आधुनिक र प्रभावकारी बनाउन योजनाबद्ध रूपमा अघि बढिरहेका छौँ।

प्रकाशित : 3 September, 2025 7:48 am