एनआईसी एशिया बैंकका ग्राहकहरुलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट



काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुलाई र्‍याडिसन होटलमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ। यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले काठमाडौंमा रहेको यस होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ ।

यस बैंकका ग्राहक महानुभावहरुले उक्त होटलमा सेवा लिँदा खाना तथा पेय पदार्थ तथा फिटनेस सेन्टर ९जीम०मा २० प्रतिशत छुटको सुविधा प्राप्त गर्न सक्नेछन् भने एयरपोर्ट लाउन्ज र रेस्टुरेन्ट, पेस्ट्री पसल र ट्रान्क्विलिटी स्पामा १५ प्रतिशतको छुट उपभोग गर्न सकिनेछ ।

यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त होटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित : 1 September, 2025 11:22 am