नयाँ अध्यक्षको खोजी सुरु: बीमा प्राधिकरणका लागि सिफारिस समिति गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नयाँ अध्यक्षको खोजी सुरु: बीमा प्राधिकरणका लागि सिफारिस समिति गठन



काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । भदौ ९ गतेको मन्त्रिपरिषद्को बैठकले तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो ।

सरकारले बनाएको सो समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय र सदस्यमा डा. खोमराज खरेल रहेका छन् । यहि भदौ २ गते बसेको मन्त्रीपरिषद् बैठकले तत्कालिन अध्यक्ष ओझालाई निलम्बन गर्दै पदमुक्त गरेको थियो ।

६ महिना अघि प्राधिकरणका अध्यक्षमा नियुक्त भएका ओझाले योग्यताको प्रमाणपत्र नक्कली देखाएको आरोप लागेको थियो । योग्यता र अनुभवको झुटो दाबीसहितको प्रमाण पेश गरेर अध्यक्ष बनेका ओझालाई मन्त्रीपरिषद्ले पदमुक्त गरेको हो ।

प्रकाशित : 29 August, 2025 2:32 pm