शुभकामना सहकारीको सम्पत्ति १ अर्ब ८१ करोड नाघ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शुभकामना सहकारीको सम्पत्ति १ अर्ब ८१ करोड नाघ्यो



भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १ अर्ब ८१ करोड ४६ लाख रुपैयाँ पुगेको छ। संस्थाले असार मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो।

वित्तीय विवरणअनुसार सहकारीको शेयर पूँजी ११ करोड ६१ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १६ करोड ७१ लाख रुपैयाँ संचित भएको छ। सो अवधिसम्म सहकारीले १ अर्ब ४० करोड ९८ लाख रुपैयाँ बचत संकलन गरी १ अर्ब ५ करोड ८९ लाख रुपैयाँ ऋण लगानी गरेको जनाएको छ।

संस्थामा ५६ करोड २१ लाख रुपैयाँ (३९.८७ प्रतिशत) तरलता रहेको छ। हाल सहकारीमा ९ हजार ८६७ जना शेयर सदस्य आवद्ध छन्, जसमा १ हजार १८० जना बाल बचतकर्ता रहेका छन्। त्यस्तै ६०८ सदस्यले सहकारीमार्फत ऋण सुविधा लिइरहेका छन्।

समुदायमा आधारित भई सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै आएको संस्थाले सदस्य आकर्षण बढिरहेको जनाएको छ। सहकारीले बचत र ऋण सेवाका साथै अन्य विविध सेवा पनि प्रदान गर्दै आएको छ।

प्रकाशित : 27 July, 2025 7:27 pm