राष्ट्र बैंकद्वारा ५० को ८४ लाख थान नयाँ नोट छाप्न बोलपत्र आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकद्वारा ५० को ८४ लाख थान नयाँ नोट छाप्न बोलपत्र आह्वान



काठमाडौं। नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। बैंकले कुल ४२ करोड रुपैयाँबराबरको ५० दरका ८४ लाख थान नयाँ नोट छाप्न बोलपत्र आह्वान गरेको हो ।

राष्ट्र बैंकले आइतवार सूचना जारी गर्दै नयाँ नोटको डिजाइन, प्रिन्टिङ र आपूर्ति र डेलिभरीका लागि बोलपत्र आह्वान गरेको छ ।

राष्ट्र बैंकका अनुसार आगामी सेप्टेम्बर ८ तारिखसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नु पर्नेछ । यस्तै राष्ट्र बैंकले प्रतिबोलपत्र २० हजार रुपैयाँ अर्थात १४६ अमेरिकी डलर, १२६ युरो वा १०९ पाउन्ड स्टेर्लिङ शुल्क लाग्ने जनाएको छ ।

प्रकाशित : 25 July, 2025 1:04 pm