काठमाडौं ।
बौद्ध टुसालमा केन्द्रीय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चालू आर्थिक वर्षको असार मसान्तसम्ममा आफ्ना ५१२ जना सदस्यलाई राहत सुविधा उपलब्ध गराएको छ। संस्थाले विभिन्न सामाजिक र पारिवारिक जोखिमका अवस्थामा प्रदान गर्ने राहत योजनाअन्तर्गत कुल १३ लाख ५७ हजार ६६३ रुपैयाँ वितरण गरेको हो।
संस्थाको पछिल्लो वित्तीय विवरण अनुसार, सदस्यलाई प्रदान गरिएको राहत विवरण यस प्रकार छ:
स्वास्थ्य उपचार सहयोगमा २१५ जनालाई ९ लाख ३३ हजार ११३ रुपैयाँ,
सुरक्षित मातृत्व सेवामा ४० जनालाई २ लाख १८ हजार रुपैयाँ,
मृत्यु संस्कार राहतमा १० जनालाई ८० हजार रुपैयाँ,
र जन्म संस्कार सहयोगमा २४७ जनालाई १ लाख २६ हजार ५५० रुपैयाँ राहत दिइएको छ।
संस्थागत विकास र वित्तीय अवस्था
नेचुरल सहकारीमा हालसम्म १४ हजार ३२३ जना सदस्य आवद्ध छन्, जसमध्ये १ हजार २४३ जना ऋणी सदस्य रहेका छन्। सहकारीले प्रस्तुत गरेको वित्तीय विवरण अनुसार:
शेयर पूँजी: १६ करोड ५२ लाख ७९ हजार ७०० रुपैयाँ
जगेडा कोष: १२ करोड ६५ लाख ३२ हजार २५७ रुपैयाँ
अन्य कोष: १३ करोड २२ लाख ४४ हजार २२४ रुपैयाँ
कुल बचत संकलन: २ अर्ब ४ करोड २५ लाख ९३ हजार ७८४ रुपैयाँ
कुल ऋण लगानी: १ अर्ब ९६ करोड १२ लाख ५७ हजार ४३० रुपैयाँ
कुल सम्पत्ति: २ अर्ब ९४ करोड ९२ लाख ५५ हजार रुपैयाँ
संस्थागत पूँजी: १२ करोड ७४ लाख ७ हजार ७४७ रुपैयाँ रहेको छ।
सेवा विस्तार र सामाजिक उत्तरदायित्व
२०६४ साल बैशाख २४ गते स्थापना भएको संस्थाले हाल साँखु, नयाँबजार, काँडाघारी र कालिमाटीमा सेवा केन्द्रहरू स्थापना गरी सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ। सहकारीका सचिव विकल्प पाठकका अनुसार, संस्था सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, स्वास्थ्य शिविर, आपत्कालीन राहतजस्ता कार्यक्रमहरू नियमितरूपमा सञ्चालन गर्दै आइरहेको छ।
सहकारी क्षेत्रमै अग्रणी संस्था बन्ने उद्देश्यसहित अघि बढेको नेचुरल सहकारीले सदस्यहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणलाई प्राथमिकता दिँदै आएको जनाएको छ।





Comment