साउन महिनाको ब्याजदर सार्वजनिक: १४ बैंकले घटाए, ५ ले यथावत् राखे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

साउन महिनाको ब्याजदर सार्वजनिक: १४ बैंकले घटाए, ५ ले यथावत् राखे



काठमाडौं । साउन महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। जसअनुसार अधिकांश बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन्। २० वटै वाणिज्य बैंकमध्ये १४ बैंकले ब्याजदर घटाएका छन् भने ४ बैंकले अघिल्लो महिना कायम गरेको दर यथावत् राखेका छन्।

साउन महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

एनआईशी एशिया बैंक

एनआईसी एशिया बैंकले साउन महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५५ प्रतिशत र संस्थागततर्फ अधिकतम ५.५५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

नेपाल बैंक लिमिटेड

बैंकले साउन महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेप दुवैको ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ५.४ प्रतिशत र संस्थागततर्फ अधिकतम ३.७५ प्रतिशत ब्याजदर दिने भएको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ब्याजदर ५.४५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४ प्रतिशत ब्याजदर दिएको थियो ।

प्रभु बैंक

प्रभु बैंकले पनि व्यक्तिगत र संस्थागत निक्षेपको अधिकतम ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जुन असार महिनामा क्रमशः ६.१०० र ५.१०० प्रतिशत कायम थियो ।

एभरेष्ट बैंक

बैंकले पनि व्यक्तिगत र संस्थागत दुवैतर्फको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ६.२५ र संस्थागतर्फ ५.२५ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.५५ र संस्थागततर्फ अधिकतम ५.५५ प्रतिशत ब्याजदर तोकेको थियो ।

सिटिजन्स इन्टरनेशनल बैंक

सिटिजन्स इन्टरनेशनल बैंकले साउन महिनाका व्यक्तिगत र संस्थागत दुवैतर्फको ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर तोकेको छ । जुन असार महिनाका लागि क्रमशः ५.६५ र ४ प्रतिशत कायम थियो ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको राखेको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ । असार महिनाका लागि बैंकले व्यक्तिगतर्फ अधिकतम ६ प्रतिशत ब्याजदर दिएको थियो ।

सानिमा बैंक

सानिमा बैंकले साउन महिनाका लागि व्यक्तिगत र संस्थागततर्फको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१८ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर कायम गरेको छ । असार महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.३३ प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर कायम गरेको थियो ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले साउन महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेपको अधिकतम ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ३.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ३.३५ प्रतिशत ब्याजदर दिएको थियो ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.३५ प्रतिशत र संस्थागततर्फ ४.३५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५० प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर

ग्लोबल आइएमई बैंक

बैंकले साउन महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.७५ र संस्थागतर्फ ४.७५ प्रतिशत ब्याजदर निर्धरण गरेको छ ।

एनएमबी बैंक

बैंकले साउन महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

हिमालयन बैंक

हिमालयन बैंकले साउन महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । असार महिनाका लागि भने बेंकले अधिकतम क्रमशः ५.५ र ४ प्रतिशत ब्याजदर दिएको थियो ।

कृषि विकास बैंक

बैंकले साउन महिनाका लागि व्यक्तिगत र संस्थागत दुवैतर्फको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.४ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि भने बेंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.४५ प्रतिशत र संस्थागततर्फ ४.४५ प्रतिशत ब्याजको व्यवस्था गरेको थियो ।

माछापुच्छ्रे बैंक

बैंकले साउन महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

कुमारी बैंक

कुमारी बैंकले व्यक्तिगत र संस्थागततर्फको अधिकतम ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.६१ र संस्थागततर्फ ४.०१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७१ र संस्थागततर्फ ४.५१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो । ।

स्ट्याण्डर्ड चाटर्ड बैंक

स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर बढाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले साउन महिनाका व्यक्तिगततर्फ अधिकतम ६.२६ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत ब्याज दिएको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५० प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले साउन महिनाका लागि व्यक्तिगततर्फको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपतर्फको स्थिर राखेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५० प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि बैंकले व्यक्तिगततर्फ अधिकतम ५.७५ प्रतिशत ब्याजदर दिएको थियो ।

नबिल बैंक

बैंकले साउन महिनाका लागि व्यक्तिगततर्फको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४.०५ प्रतिशत ब्याजदर कायम गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत ब्याज दिएको थियो ।

प्रकाशित : 16 July, 2025 2:05 pm