५ रूपैयाँले घट्याे पेट्राेलकाे भाउ, डिजेल/मट्टितेल कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

५ रूपैयाँले घट्याे पेट्राेलकाे भाउ, डिजेल/मट्टितेल कति ?



काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले आजै अर्थात् मङ्गलबार राति १ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य घटाएको हो।

निगमका अनुसार पेट्रोलको मूल्य प्रति लिटर पाँच रुपैयाँ घटाएको छ। यस्तै डिजेल र मट्टी तेलको मूल्य प्रति लिटर १ रुपैयाँ घटाएको छ।

नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ र डिजेल प्रतिलिटर १४८ रुपैयाँ कायम भएको छ। यस्तै दाेस्राे वर्ग सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ र डिजेल प्रतिलिटर १४७ रुपैयाँ कायम भएकाे छ ।

पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र विरगञ्जमा पेट्रोल प्रतिलिटर १५७ रुपैयाँ र डिजेल प्रतिलिटर १४५ रुपैयाँ कायम भएकाे छ ।

प्रकाशित : 16 July, 2025 7:04 am