युनान प्रदेश खेलकुद ब्यूरोद्वारा ८५ लाख बराबरको खेलकुदका सामाग्री हस्तान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

युनान प्रदेश खेलकुद ब्यूरोद्वारा ८५ लाख बराबरको खेलकुदका सामाग्री हस्तान्तरण



काठमाडौं । चीनको युनान प्रदेश खेलकुद ब्यूरोले राष्ट्रिय खेलकुद परिषद्लाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । मंगलबार परिषद्मा आयोजित एक कार्यक्रमकाबीच उक्त खेलकुद सामग्री हस्तान्तरण गरिएको हो ।

परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले खेलकुदको माध्यमबाट दौत्य सम्बन्ध कायम गर्ने उद्देश्यसहित चीनको युनान प्रदेश खेलकुद ब्यूरोले करिब ८५ लाख बराबरको खेलकुदका सामग्री हस्तान्तरण गरेको जानकारी दिए ।

उनले भने,‘करिब ८५ लाख बराबरको खेलकुदको माध्यमबाट दौत्य सम्बन्ध कायम गर्ने उद्देश्यसहित चीनको युनान प्रदेश खेलकुद ब्यूरोद्वारा राष्ट्रिय खेलकुद परिषद्लाई करिब ८५ लाख बराबरको खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।’ त्यस्तै उनले यसरी दुई देशबीचमा हुने यस्तोखाले सहयोगले दुई देशबीचको सम्बन्धलाई थप मजबुद हुने विश्वास व्यक्त गरे ।

प्रकाशित : 15 July, 2025 6:17 pm