पाँच तारा सहकारीको एकदिने गोष्ठी सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

पाँच तारा सहकारीको एकदिने गोष्ठी सम्पन्न



काठमाडौं । पेप्सीकोलास्थित पाँच तारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा एक दिने गोष्ठी सम्पन्न भएको छ। सहकारीले चालु आर्थिक वर्ष २०८१/०८२ को प्रगति मूल्याङ्कन गर्दै आगामी वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रममाथि छलफल गर्न गोष्ठीको आयोजना गरेको हो।

कार्यक्रममा संस्थाको वार्षिक योजना, बजेट प्रस्ताव, नीतिगत रणनीति र सहकारी क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा समेत व्यापक छलफल भएको थियो। सहभागीहरूले आगामी वर्षलाई लक्षित गरी सुझावहरू प्रदान गरेका थिए।

गोष्ठीमा सहकारीका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार मण्डल, शिक्षा उपसमिति, महिला उपसमिति, युवा उपसमिति, जेष्ठ नागरिक उपसमिति र ऋण उपसमितिका सदस्यहरूको उपस्थिति रहेको थियो। साथै, संस्थाका कर्मचारीहरू पनि कार्यक्रममा सहभागी भएका थिए।

गोष्ठी संस्थाका अध्यक्ष भोलानाथ पाठकको अध्यक्षतामा सम्पन्न भएको हो। उनले सहकारीले समावेशी सहभागितामार्फत आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित : 15 July, 2025 12:37 pm