आर्थिक विकासको आधार औपचारिक व्यवसाय हो : चन्द्र ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आर्थिक विकासको आधार औपचारिक व्यवसाय हो : चन्द्र ढकाल



काठमाडौं । व्यवसायको औपचारिककरण अब वैकल्पिक विषय नभएर एकदमै ठूलो आवश्यकता बनेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताएका छन। मंगलबार काठमाडौंमा आयोजित नेपालमा औपचारिकीकरणको प्रगति र महत्त्व सम्बन्धी कार्यक्रममा बोल्दै उनले यो विषय केवल नीति क्षेत्रका लागि मात्र नभई समग्र आर्थिक विकासका लागि पनि अत्यन्त निर्णायक रहेको बताए।

उनले पहिले अनौपचारिक व्यवसायलाई दण्डित गर्ने वा बढी नियन्त्रण गर्ने प्रयास भए पनि वास्तवमा अनौपचारिक व्यवसायलाई औपचारिक रूपमा ल्याउनु चुनौतीपूर्ण रहेको बताए । उनले हरेक व्यक्तिलाई औपचारिक क्षेत्रमा आउन प्रोत्साहन गरे मात्रै सबै कुरा प्रणालीमा आउन सक्ने बताए।

पछिल्लो समय आयातमा गरिएको कडाइका कारण औपचारिक प्रणालीभन्दा अनौपचारिक प्रणालीबाट धेरै कारोबार भएको र यसले औपचारिक व्यवसाय गर्नेलाई प्रतिस्पर्धामा टिक्न कठिन भएको अनुभव सुनाए।

सकारात्मक पक्षमा, निजी क्षेत्रले दिएका सुझावहरूलाई सरकार, केन्द्रीय बैंक र नियामक निकायहरूले गम्भीरतापूर्वक लिएर नीतिहरू बनाउन थालेकोमा उनले खुशी व्यक्त गरे । यसले निजी क्षेत्रको कुरा आफ्नो फाइदाका लागि मात्र हुन्छ भन्ने सोच बदलिएको बताए ।

प्रकाशित : 15 July, 2025 12:17 pm