आज काठमाडौँ महानगरपालिकाको नगरसभा हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आज काठमाडौँ महानगरपालिकाको नगरसभा हुँदै



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज आर्थिक वर्ष २०८२–०८३को बजेट ल्याउँदै छ।
शुक्रबार बसेको काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले आइतबार दिउँसो २ बजे नगरसभा गर्ने निर्णय गरेको हो।

सोही निर्णय अनुसार आज दिउँसो २ बजे बस्ने नगरसभामा बजेट प्रस्तुत हुनेछ। देशका ६ मध्ये पाँच महानगरपालिकाले निर्धारित समय मै आगामी आर्थिक वर्षको बजेट ल्याएका भए पनि काठमाडौँ महानगरपालिमा भने आन्तरिक विवादको कारण बजेट ल्याउन सकेको थिएन।

प्रकाशित : 13 July, 2025 8:05 am