काठमाडाै सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडकी सञ्चालक इला शर्माको करिब ६० वर्षको उमेरमा आज निधन भएको छ ।
पूर्व निर्वाचन आयुक्त समेत रहेकी शर्माको हृदयघातका कारण आज(शनिवार) साँझ निधन भएको हो ।
शनिवार समेत उनी विभिन्न कार्यक्रममा सहभागी भएकी थिइन् ।
विभिन्न कार्यक्रममा सहभागिता जनाई घर आएकी उनलाई साँझपख हृदयघात भएको र थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । हाल उनको पार्थिव शरीर अस्पतालमै राखिएको छ ।
भोलि बिहान करिब ९ १० बजे उहाँको पार्थिव शरीर कुपण्डोलस्थित घरमा लगिनेछ। दिल्लीमा रहेकी छोरी आएपछि भोलि दिउँसो अन्त्येष्टि बताईएकाे छ ।





Comment