मुनाफा घट्दा पनि केही बैंक चम्किए, ९ वाणिज्य बैंकको आम्दानीमा उछाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुनाफा घट्दा पनि केही बैंक चम्किए, ९ वाणिज्य बैंकको आम्दानीमा उछाल



काठमाडौं। वाणिज्य बैंकहरुको मुनाफा ४.९७ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनासम्ममा वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा झण्डै ५ प्रतिशत कम हो ।

गत आवको ११ महिनासम्ममा वाणिज्य बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म आइपुग्दा ९ वटा बैंकको मुनाफा गत आवको तुलनामा बृद्धि भएको छ भने ११ बैंकको नाफा घट्न पुगेको छ ।

११ महिनासम्ममा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । यो बैंकले ६ अर्ब ४० करोड ८३ लाख रुपैयाँ नाफा कमाएर सबैभन्दा नाफा कमाउने बैंक बनेको छ । बैंकको नाफा १.१० प्रतिशतले मात्रै बृद्धि भएको छ ।

त्यस्तै, ग्लोबल आइएमईले ६ अर्ब ३ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले ५ अर्ब ६८ करोड, एभरेष्टले ४ अर्ब २४ करोड, नेपाल बैंकले ३ अर्ब ७ करोड, एनएमबीले ३ अर्ब ३ करोड, प्राइम कमर्सियल बैंकले २ अर्ब ९० करोड, स्ट्याण्डर्ड चार्टर्डले २ अर्ब ७२ करोड, लक्ष्मी सनराइजले २ अर्ब ५७ करोड, प्रभु बैंकले २ अर्ब ३१ करोड, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब २० करोड र सानिमा बैंकले २ अर्ब १५ करोड रुपैयाँ नाफा कमाएको छ।

यसका साथै कृषि विकास बैंकले १ अर्ब ८१ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब ५४ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ५० करोड, सिटिजन्स बैंकले १ अर्ब ४१ करोड, हिमालयन बैंकले ९० करोड ५३ लाख, एनआइसी एशियाले ८२ करोड ९७ लाख र कुमारी बैंकले ३७ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ ।

सो अवधिसम्म सबैभन्दा बढी नाफा बढाउने बैंकमा नेपाल बैंक रहेको छ । बैंकले १८५.२७ प्रतिशतले नाफा बृद्धि गरेको छ । यता सबैभन्दा नाफा घट्ने बैंकमा भने कुमारी बैंक रहेको छ । बैंकको नाफा ७७.८४ प्रतिशतले घटेको छ ।

प्रकाशित : 11 July, 2025 5:57 pm