पुल भत्किदा बनेपा–नाला– भक्तपुर सडक खण्ड अवरुद्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पुल भत्किदा बनेपा–नाला– भक्तपुर सडक खण्ड अवरुद्ध



भक्तपुर । बनेपा नाला भक्तपुर सडक अन्तर्गत नाला पुलबजारको पुन्यमति खोलाको पुल भात्किएको छ ।

पछिल्लो समय भएको भारी वर्षाका कारण बनेपा नगरपालिका वडा नं. १ नाला भक्तपुर सडक अन्तर्गतको उक्त पुल भत्किएको हो । अरनिको राजमार्गको बैकल्पिक बाटोको रुपमा रहेको यो पुल भत्किएपछि सडक पूर्ण रुपमा ठप्प भएको छ ।

पुरानो भईसकेको पुल मर्मत सुधारमा कसैको ध्यान नगएको र क्षमता भन्दा अत्याधिक भारले गर्दा पुल भत्किएको स्थानियहरु बताउँछन् ।

प्रकाशित : 5 July, 2025 7:47 am