एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने



काठमाडौं । एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक विद्युतीय सवारी (ईभी) सर्भिस सेन्टर सञ्चालन गर्ने भएको छ।

कम्पनीले ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स सर्भिसलाई अझ सशक्त बनाउने उद्देश्यले बालकुमारी र बसुन्धरामा दुईवटा अत्याधुनिक, विद्युतीय सवारी साधन (इभि) मा केन्द्रित सर्भिस सेन्टर सञ्चालन गर्न लागेको हो ।

रणनीतिक रूपमा शहरका प्रमुख स्थानहरूमा स्थापना हुने यी सर्भिस सेन्टरहरूले एमएडब्लूका ग्राहकलाई अझै सहज, छिटो र विशेषज्ञस्तरको सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

यी फ्यासिलिटीहरू डीपल, डोंगफेंग र सेरेस ब्रान्डका विद्युतीय सवारी साधनहरूका लागि मात्र समर्पित हुनेछन् ।

प्रकाशित : 4 July, 2025 12:54 pm