´रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन सरकार भरोसा योग्य संरक्षक बन्नुपर्छ’: कुलमान घिसिङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

´रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन सरकार भरोसा योग्य संरक्षक बन्नुपर्छ’: कुलमान घिसिङ



सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेपछि कुलमान घिसिङ यतिबेला शुभेच्छुकहरुसँगको भेटघाटमा व्यस्त छन् । नेपाललाई लोडसेडिङ मुक्त गराएको, वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको र भारत तथा बङ्लादेससम्म बिधुत निर्यात गरेको जस पाएका घिसिङ विश्वका विभिन्न देशमा पुगेर शुभचिन्तक एवम शुभेच्छुकहरुसँग अन्तक्रिया गर्ने योजनामा छन् । मध्यपूर्व देशहरुको भ्रमणमा निस्किनुअघि घिसिङसँग गरिएको कुराकानीको केही गरेको छ स्

प्राधिकरणबाट बाहिरिएपछि अहिले के मा व्यस्त हुनुहुन्छ ?

प्राधिकरणबाट बिदा भइसकेपछि मलाई फुर्सद भयो । फुर्सदमा विभिन्न किसिमका छलफल, बहस, सुझावहरु लिने काम गरिरहेको छु । आगामी दिनमा के गर्ने भन्ने विषयमा पनि विभिन्न साथीभाई, एक्सपर्ट सबैसँग छलफल गरिरहेको छु । फुर्सदको समयमा आफ्नो व्यक्तिगत काम पनि गर्छु । त्यसकारण म व्यस्तै छु । फुर्सद भनेर प्राधिकरणबाट बाहिर आउँदाखेरी हिजो गर्न नपाएका र हिजो भेट्न नपाएका साथीभाइहरुलाई भेट्न पनि पाएको छु । मैंले आफ्नो योग्यता र करिब ३० वर्षको अनुभवलाई सदुपयोग गर्नुपर्नेछ । मेरो उमेर पनि अझैं बाँकी छ । त्यस कारण देश र जनताको लागि बढीभन्दा बढी योगदान कहाँबाट, कसरी गर्न सकिन्छ, कुन क्षेत्रबाट गर्न सकिन्छ भन्ने छलफल र सुझाबहरु लिइरहेको छु । जहाँबाट बढीभन्दा बढी योगदान दिन सकिन्छ, म त्यहि क्षेत्रमा लाग्छु ।

तपाइँको अहिलेको विदेश भ्रमण कुन उद्देश्यले हो रु कुन कुन देशको भ्रमण गर्दै हुनुहुन्छ ?

म यो फुर्सदको बेलामा देशबाहिर रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई पनि भेटघाट गर्ने चरणमा छु । पहिला काम गर्दाखेरी धेरै वर्षसम्म फूर्सद पनि भएन् । त्यसले गर्दा भेट्ने अवसर पनि भएन र मैले आफैंले बुझ्ने मौका पनि पाएन् । त्यसैले यस पटक मैंले सुरुवाती चरणमा खाडि मुलुकहरुलाई छानेको छु । अहिलेको भ्रमण चाहिँ बहराइन, युएइ, ओमन र कतार गरी चारवटा देशमा छ । जुलाई २ देखि ४ तारिखसम्म म बहराइनमा हुन्छु । जुलाई ५ देखि ८ तारिखमा म युएइमा हुन्छु, जुलाई ९ देखि १० सम्म ओमन र जुलाई ११ देखि १३ सम्म कतारमा हुन्छु ।

यी देशहरुमा भ्रमण गरेर मैंले नेपाली दाजुभाई दिदीबहिनीहरु जो विदेशी भूमिमा पसिना बगाएर नेपालको, परिवारको सपना बोकेर त्यहाँ बस्नु भएको छ उहाँहरुको जीवन संघर्ष, अनुभूती बुझ्ने मौकाको रुपमा पनि मैंले यस भ्रमणलाई लिएको छु । अहिलेसम्मको मेरो अनुभव पनि साटासाट गर्ने अवसर पनि हो । खाडी मुलुकको जुन एउटा विकास समृद्धिको अवस्था छ । पछिल्लो ३०र३२ वर्षमा जुन हिसावले विकास भएको छ, करोडौं मान्छेलाई रोजगारी दिने अवस्थामा पुगेका छन् । एउटा समृद्ध देशका रुपमा अघि बढेको छ ।

त्यसको अनुभव लिनका लागि र अवस्था बुझ्नका लागि पनि मलाई यस भ्रमणले सहयोग गर्छ भन्ने जस्तो लाग्छ । र यसक्रममा विभिन्न ठाउँमा नेपाली दाजुभाई दिदीबहिनीहरुले कार्यक्रम वा अन्तरक्रिया, छलफल, सम्मान, नागरिक अभिनन्दन गर्ने भन्ने हिसाबले पनि उहाँहरुले कार्यक्रमहरु राख्नु भएको भन्ने मैले थाहा पाएको छु । उहाँहरुसँग बसेर अन्य विषयमा पनि छलफल गर्ने नै छु ।

विदेशबाट भित्रिएको रेमिट्यान्सलाई उर्जा विकास वा राष्ट्र निर्माणमा कसरी उपयोग गर्न सकिएला ?

नेपालको जीडीपीको करिब एक चौथाई वैदेशिक रोजगारीबाट प्राप्त हुन्छ । बर्षको करिब करिब १५र१६ खर्ब रुपैयाँ वैदेशिक रोजगारीबाट आउँछ । त्यसमध्ये ५० प्रतिशतभन्दा बढी चाहिँ गल्फमा भएका नेपाली दाजुभाइहरुबाट आउँछ र त्यसमा करिब करिब १३ देखि १५र१६ लाखसम्म नेपाली दाजुभाइ दिदीबहिनीहरू गल्फका ६ वटा देशमा छन् । यो चाहीं नेपालमा औपचारिक रुपमा मात्रै आएको रेमिट्यान्स हो । अनौपचारिक हिसाबले कति आइरहेको छ होला । यस हिसाबले नेपालमा करीब २० खर्बको हाराहारीमा रेमिट्यान्स आउने गरेको छ ।

उक्त रेमिट्यान्स हामीले नेपालको विकासको लागि सहि सदुपयोग गर्न सक्यौं भने नेपालको उत्पादनक्षेत्र धेरै छन् । त्यसमध्ये हाइड्रो पनि हो । विद्युत क्षेत्रमा हामीले लगानी गर्न सक्यौं त्यसको लागि सरकारले एउटा आत्मविश्वास, ग्यारेन्टि वा लिडरसिप दिन सक्यो अर्थात यस क्षेत्रमा गरेको लगानी डुब्दैन भनेर रिर्टनको ग्यारेन्टि दिन सक्योभने ठूलो लगानी यहाँबाट आउँछ ।
वर्षको १० प्रतिशत मात्रै लगानी भयो भने २ खर्बको लगानी हुन्छ । २ खर्ब भनेको त ठुलो लगानी हो । यस हिसाबले १० वर्षमा २० खर्ब लगानी हुन्छ । कतिवटा हाइड्रो पावर बन्छ रु हाइड्रो पावरमा वर्षमा २ खर्ब खर्च गर्नलाई गाह्रो हुन्छ । त्यसकारण सरकारको सही भिजन, लिडरसिप, पोलिसी भएमा त्यो गर्न सकिन्छ । यो त विदेशबाट आउने रेमिट्यान्सको मात्रै कुरा हो । नेपाल भित्रैको नेपाली जनताको लगानी पनि ल्याउन सकिन्छ । स्वदेशी बैंक र गल्फ बाहेक अन्य देशमा बस्ने नेपालीको समेत लगानी ल्याउन सक्ने हो भने नेपालमा वर्षको ४÷५ खर्बको लगानी गर्नको लागि समस्या छैन् । तर, त्यसका लागि जनतामा विश्वास र आत्मविश्वास जगाउनु आवश्यक छ । सरकार वा लिडरसिपप्रति सबैको विश्वास हुनुपर्यो र लगानी गर्ने व्यक्तिको आत्मविश्वास र ग्यारेन्टि सरकारले लिनुपर्छ । नेपालमा लगानीको समस्याको विषय नै छैन । केवल विश्वासको कमी छ ।

प्रवासमा कैयौं नेपालीहरु जेलमा छन । कैयौं नेपालीको शव फिर्ता ल्याउन सकिएको छैन् । यसमा सरकारले के गर्नु पर्ला ?

विदेशमा बस्ने नेपालीहरु धेरै नै समस्यामा छन् । समस्या मात्रै हा्ेइन राम्रा विषय पनि छन् । रोजगारी पनि पाइरहेका छन् । यद्यपी, कानुनी र व्यवहारिक रुपमा समस्या चाहिँ धेरै छन् । त्यो समस्या मध्येमा मान्छेहरु वितिसकेपछि पनि नेपालसम्म शव ल्याउनका लागि महिनौं÷वर्षौं लाग्ने गरेको छ । त्यहाँको कानुन वा प्रक्रियाको कारणले धेरै नै समस्या छन् । मैंले होम कार्कीले ज्युले लेख्नु भएको एउटा किताब पढ्न पाएको थिएँ । उहाँ आफैं पनि १०र१२ वर्ष गल्फमा बस्नु भएको रहेछ । त्यो किताबमा त्यहाँको समस्याको बारेमा उहाँले धेरै नै लेख्नु भएको छ ।

प्रकाशित : 2 July, 2025 1:54 pm