काठमाडौं । विदेशमा उच्च शिक्षा हासिल गर्ने चाहना राख्ने नेपाली विद्यार्थीहरूका लागि इन्लाइटन इन्टरनेशनल एजुकेशनले ‘स्टडी अब्रोड बुटक्याम्प ९.०’ आयोजना गर्ने भएको छ।
उक्त कार्यक्रम २०८२ असार २० गते (जुलाई ४, २०२५) बिहिबारका दिन इन्लाइटनको केन्द्रिय कार्यालय, बागबजार–२८, काठमाडौंमा हुनेछ। बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने कार्यक्रम सन् २०२५ को इन्टेक लक्षित गरेर सञ्चालन गरिन लागिएको हो।
संस्थाका अनुसार बुटक्याम्पमा अमेरिका, बेलायत, अष्ट्रेलिया, न्यूजील्याण्ड र क्यानडाजस्ता प्रमुख गन्तव्य देशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवश्यक सम्पूर्ण जानकारी र मार्गदर्शन प्रदान गरिनेछ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले विश्वविद्यालय छनोट, विषयको छनोट, स्कलरशिपका सम्भावना, आवेदन प्रक्रिया, भिसा तयारी तथा कागजात व्यवस्थापनबारे अनुभवी काउन्सलर तथा देश–देशका प्रतिनिधिहरूसँग प्रत्यक्ष सल्लाह लिन पाउनेछन्।
इन्लाइटनले विगतका वर्षहरूमा आयोजना गर्दै आएका यस्ता कार्यक्रमहरूबाट सयौं विद्यार्थी लाभान्वित भइसकेका छन्। यस संस्करणमा पनि उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएको छ।
संस्थाले इच्छुक विद्यार्थीहरूलाई समयमै दर्ता गर्न अनुरोध गरेको छ, ताकि सिट सुनिश्चित गर्न सकियोस्।
Comment