हेटौंडामा अन्तर्राष्ट्रिय वित्तीय रिपोर्टिङ मानक सम्बन्धी प्रशिक्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
८ मंसिर २०८३, मंगलबारTuesday, November 24, 2026

अर्थतन्त्र

हेटौंडामा अन्तर्राष्ट्रिय वित्तीय रिपोर्टिङ मानक सम्बन्धी प्रशिक्षण

हेटौंडा । एसीसीए र नेशनल काउन्सिल अफ एकाउन्टेन्ट्स (एनसीए) को आर्थिक सहयोगमा हेटौंडामा एक दिने अन्तर्राष्ट्रिय वित्तीय रिपोर्टिङ मानक‘आएफआरएस’ सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।

सामाना होटल, हेटौंडामा आयोजित उक्त कार्यक्रमको उदघाटन गर्दै मधेश विश्वविद्यालयका प्रमुख डा.दीपक शाक्यले आधुनिक वित्तीय प्रणाली र अन्तर्राष्ट्रिय रिपोर्टिङ मानकको प्रयोगले संस्थागत पारदर्शिता र आर्थिक विश्वसनीयता बढाउने विश्वास व्यक्त गरे ।

कार्यक्रमको अध्यक्षता गरेका सुरेश पण्डितले वित्तीय विवरणहरूलाई अन्तर्राष्ट्रिय स्तरमा तुलनात्मक र पारदर्शी बनाउने भएकाले यसको अभ्यासले संस्थाहरूको दीर्घकालीन विकासमा सघाउ पुग्ने बताए।

चेतना र दक्षता अभिवृद्धिका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई विस्तार गर्नुपर्नेमा सबैले जोड दिए ।प्रशिक्षण कार्यक्रममा अनुभवी वित्तीय विशेषज्ञ तथा दक्ष प्रशिक्षकहरूले सहभागीहरूलाई मूलभूत अवधारणा, यसको प्रयोग विधि, नेपालको सन्दर्भमा यसको व्यवहारिकता र कार्यान्वयनका चुनौतीबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा विभिन्न संघसंस्थाका लेखापाल, वित्तीय व्यवस्थापक, एकाउन्टिङ पेशासँग आवद्ध व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित : १४ असार २०८२, शनिबार १५:४७ 28 June, 2025 3:47 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।