नेपाल दुरसञ्चार कम्पनीको सञ्चालकमा सविना मास्के प्रधान नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल दुरसञ्चार कम्पनीको सञ्चालकमा सविना मास्के प्रधान नियुक्त



काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को सञ्चालक समिति सदस्यमा सविना मास्के प्रधान नियुक्त भएकी छिन्। नेपाल टेलिकमको नियमावलीअनुसार कम्पनीको प्रबन्ध निर्देशक स्वाभाविक रूपमा सञ्चालक समितिको सदस्य रहने व्यवस्था रहेको छ।

सोही व्यवस्था अनुसार हाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालिरहेकी सविना मास्के प्रधानलाई सञ्चालक समितिमा नियुक्त गरिएको नेपाल दुरसञ्चार कम्पनीले जानकारी दिएको छ।

मास्केले हालै मात्र निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी लिएकी हुन्। उनको नियुक्तिसँगै कम्पनीको नेतृत्व व्यवस्थापन थप सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रकाशित : 24 June, 2025 1:09 pm