सहकारीमा डिजिटल साक्षरता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सहकारीमा डिजिटल साक्षरता



परिचय
देशको आर्थिक, सामाजिक र सामुदायिक उत्थानमा सहकारी क्षेत्रले खेलेको भूमिकाको मुल्यांकन राम्रो गरिनुपर्छ भन्नेमा सबैको एकमत छ । विशेषत ग्रामीण भेगका जनतालाई वित्तीय सेवामा पहुँच पु¥याउने, लघुवित्त, कृषि, उपभोक्ता र उत्पादनमा सहभागी गराउने कार्यमा सहकारीहरु अग्रपंक्तिमा छन् । वा भनौ वित्तीय समावेशितामा सहकारीको योगदान रहेको छ । अझ, सहकारीमार्फत उद्यमशीलताको अवसर प्राप्त गरि आ–आफ्नो जीवनस्तर उकास्न धेरैले सकेका छन् र ग्रामीण तथा शहरी समुदायलाई सामाजिक सशक्तिकरणमा सहभागी गराउन धेरै सहकारी सफल भएका छन् । देशभर करिब ३० हजारको हाराहारीमा सहकारीको तथ्यांक रहेको छ जसले करिब ७० लाख सदस्यलाई सेवा पु¥याइरहेका छन् ।

आधुनिक संचार तथा प्रविधिको प्रयोगले विश्व एउटा ग्लोबल भिलेजको रुपमा रुपान्तरण भइरहेको प्रत्यक्ष देख्न सकिन्छ । अहिलेको युगलाई डिजिटल युगको रुपमा चिनिन्छ । डिजिटल बिभाजन-Digital Divide_सहकारीमा पनि देखिएको छ । शहरी क्षेत्रको सहकारीमा प्रविधिको प्रयोग बढ्दो र ग्रामीण क्षत्रको सहकारीमा प्रयोग न्यून देखिएको कुरा छर्लंग छ । तर बदलिँदो विश्वमा डिजिटल युगको मागअनुसार सहकारी संस्थाहरू आफैं अपडेट नहुनु खतराको संकेत हो। यस्तै परिप्रेक्ष्यमा डिजिटल साक्षरता सहकारीहरूको सशक्तीकरणको मेरुदण्ड बन्न सक्छ ।

डिजिटल साक्षरताको अर्थ र सहकारीसँगको सम्बन्ध

हामी डिजिटल साक्षरता भन्ने बित्तिकै डिजिटल उपकरणहरुको (जस्तै कम्प्युटर, मोबाइल, इन्टरनेट) उपयोग वा उपभोग भन्ने बुझ्छौ । तर यसको दायरा यतिमात्र बुझ्दा नमिल्न सक्छ किनकि आजको दिनमा यी उपकरण प्रयोग गर्न जानेर मात्र हुँदैन ,सहि प्रयोग गर्ने क्षमताको साथै सहि रुपमा सूचना व्यवस्थापन, प्रणाली सञ्चालन, साइबर सुरक्षाको ज्ञान र प्रविधिको माध्यमबाट सिर्जनशील र उत्तरदायी रूपमा सहभागिता जनाउने सामथ्र्यलाई डिजिटल साक्षरता भन्ने जनाउँछ ।

नेपाल राष्ट्र बैंकको एक रिपोर्ट अनुसार नेपालमा डिजिटल साक्षरताको दर करिब ३१५ मात्र रहेको छ । अवश्य पनि यसमा शहरी क्षेत्रको योगदान धेरै छ । सहकारी क्षेत्रको योगदानको बारेमा अध्ययन हुन बाँकी पनि देखिन्छ । हामीले यदाकदा सहकारी अभियानले सहकारीमा डिजिटल रुपान्तरण गर्ने पर्छ भनेर अभियान चलाएको पनि देख्छौ, तर के सहकारी रुपान्तरणको लागि तयार छन् त ? यस सम्बन्धी खोज हुन जरुरी देखिएको छ । सहकारीसँग सम्पर्क हुने व्यक्ति, सेवा प्रदायक आदिले पनि डिजिटल साक्षरतालाई प्राथमिकता दिएको देखिदैन । यसमा सहकारीले पनि प्रविधिको कुरा बुझ्न कठिन हुन्छ भनि पहिले नै मानसिकता बनाएको देखिन्छ ।

समग्रमा डिजिटल साक्षरता प्राविधिकलाई ज्ञान मात्र हो भनेर बुझ्नु हुँदैन । यसमा प्राविधिक ज्ञान, सीप र दृष्टिकोण सबै पर्छ । कुनै संस्था होस् वा व्यक्ति डिजिटल साक्षरताले बढ्दो डिजिटल संसारमा सुरक्षित र सशक्त बनाउन सक्षम बनाउँछ । यो जो कसैको पनि डिजिटल गतिविधिहरू, सहभागिता, अन्तरक्रिया, सामाजिकीकरण, खोजी, सिकाइ र अन्य अनलाइन गतिविधिहरूमा विस्तार हुन्छ । संयुक्त राष्ट्र संघका विभिन्न परियोजनाहरुले पनि यसलाई महत्व दिएको छ । अझ UNICEF ले त हरेक बालबालिकाले जान्नुपर्ने डिजिटल साक्षरता भनेर १० बुंदे जानकारी जारी गरेको छ । सहकारी संस्थामा सदस्यको रकम जम्मा हुने भएको र अहिले सहकारी आफै थोरै मात्र भए पनि प्रविधिमा कार्य गर्ने तथा सदस्यले पनि प्रविधिमार्फत कारोबार गर्ने गरेकोले पनि हरेक व्यक्तिले यस सम्बन्धी जानकारी राख्नुपर्ने देखिन्छ ।

सहकारीमा कार्यन्वयन गरिनुपर्ने डिजिटल साक्षरता

सहकारी संस्था समयसँगै आधुनिक प्रविधिमा रुपान्तरण हुँदै गएको सन्दर्भमा, त्यसका कर्मचारी, सदस्य र सञ्चालकहरू सबैले डिजिटल साक्षरतामा सक्षम हुनु अत्यन्त आवश्यक छ भन्ने कुरा सबैलाई स्वीकार्य छ । तर हामीले कम्तिमा के के जान्नुपर्छ भनेर धेरैलाई थाहा नहुन सक्छ । केहि समय अगाडी पनि छापामा काभ्रेपलान्चोक जिल्ला प्रहरी कार्यालयले सहकारीमा सफ्टवेयर ह्याकको आतंक बढेकाले सजक रहन सूचना जारी गरेको कुरा आएको थियो । डिजिटल साक्षरता हुनेले कसरी ह्याक हुन्छ ? , के गर्नु हुन्छ वा हुँदैन सामान्य जानकारी राख्ने हुँदा, आफ्नो संस्थाको सफ्टवेयरमा अनधिकृत अन्य पहुँचलाई रोक्न सक्छ ।
डिजिटल साक्षरताको दायरा निक्कै बढी भय पनि सहकारीको सन्दर्भमा कम्तिमा निम्न कुराहरुको ज्ञान राख्दा उचित हुन सक्छ ।
१. आधारभूत डिजिटल सीप  (Basic Digital Skiflls)
कम्प्युटर र मोबाइल सञ्चालनः
कम्प्युटर संचालन गर्ने, फोल्डर बनाउने, फाइल सुरक्षित गर्ने, मोबाइल एप्लिकेशनहरू इन्स्टल र प्रयोग गर्ने (जस्तै ः ई–बैंकिङ, सहकारीको आफ्नै एपहरु आदि)
इन्टरनेट प्रयोग ः
वेब ब्राउजर संचालन गर्ने र इन्टरनेटमा जानकारी खोज्ने, इमेल खोल्ने, पठाउने, अट्याचमेन्टहरू हेर्ने, YouTube, Google Drive, One Drive आदिको प्रयोग गर्न सक्ने
अफिस टुलहरू ः
Microsoft Word पत्र, सूचना तयार पार्ने, Excel, ब्यालेन्ससिट, सदस्य सूची तयार पार्ने
PowerPoint : प्रतिवेदन र प्रस्तुतीकरण बनाउने

२. डिजिटल वित्तीय साक्षरता (Digital Financial Literacy)
डिजिटल कारोबार प्रणाली ः
CBs, LMs आदि तथा मोबाईल बैंकिङ (MoBank) प्रयोग, Qr कोड स्क्यान गरेर भुक्तानी गर्ने, ConnectIPs. eSewa, Khalti जस्ता डिजिटलवालेटहरू प्रयोग गर्ने
सहकारी खाताको डिजिटल पहुँच ः
सदस्यले आफ्नो खाता मोबाइल एपरवेब पोर्टलमार्फत हेर्न सक्ने, मासिक किस्ता, ब्याज, सेयर विवरण हेर्ने
अनलाइन भुक्तानी र रेकर्ड ः
लोन किस्ता, बचत जम्मा अनलाइनमार्फत लिन र दिन सक्ने, सो विवरण सफ्टवेयरमा सुरक्षित राख्ने

३. साइबर सुरक्षा र गोपनीयता (Cyber Security & Privacy)
पासवर्ड व्यवस्थापन ः
बलियो पासवर्ड बनाउने तरिका (जस्तै ः २, ३, नम्बर र अक्षरको मिश्रण), नियमित रूपमा पासवर्ड परिवर्तन गर्ने
डेटा सुरक्षाका उपायहरू ः
कम्प्युटरमा एन्टी भाइरस राख्ने, संवेदनशील जानकारी (जस्तै ः ग्राहकको व्यक्तिगत विवरण) सुरक्षित राख्ने
साइबर ठगी (Phishing, Scams) बाट बच्ने ज्ञान ः
गलत लिंक नखोल्ने, आधिकारिक स्रोतबाहेक विवरण नदिनु

४. सहकारीमा MIS तथा सफ्टवेयर प्रयोग(Management Information System)
सहकारीMIS प्रणाली ः
सदस्य विवरण इन्ट्री गर्ने, बचत, ऋण, सेयर, ब्याज आदिको हिसाब राख्ने उच्च व्यस्थापनको जानकारीको लागि  upload गर्ने, COPOMIs मा डाटा भर्न सक्ने
रिपोर्टिङ र विश्लेषण
आर्थिक विवरणहरू (ब्यालेन्स सिट, एरी खाता) निकाल्ने, नियमित रिपोर्ट तयार पारेर नियामक तथा सञ्चालक समितिलाई प्रस्तुत गर्ने
डिजिटल अभिलेख (Digital Record Keeping)
सबै लेखाजोखा डिजिटल ढाँचामा सुरक्षित गर्ने, वर्षेनी अडिटका लागि डेटा तयार राख्ने
५. प्रविधिमैत्री संस्था निर्माण (Buliding a Digitllay Enabled Cooperative)
अनलाइन बैठक र तालिम ः
Zoom, Google Meet, Teams जस्ता प्लेटफर्म प्रयोग गरेर बैठक गर्ने, कर्मचारी तथा सदस्यहरूलाई डिजिटल तालिम प्रदान गर्ने
डिजिटल सूचना प्रवाह ः
SMS, Viber, Emali जस्ता माध्यमबाट सूचना प्रवाह, सहकारीको वेबसाइट update वा मोबाइल एप मार्फत जानकारी दिने
ग्राहक सेवामा प्रविधिको प्रयोग ः
अनलाइन फारम, बुकिङ, आवेदन प्रणाली, ग्राहक सेवा सहज बनाउन ‘च्याटबट, कस्टमर केयर प्रणाली (गुनासो सुन्ने सिस्टम)

नेपालमा सहकारीहरूको डिजिटल साक्षरताको वर्तमान अवस्था

यस सम्बन्धी अध्ययन धेरै भएको छैन तथापी दक्ष जनशक्ति, सहि तालिम को अभाब तथा पूर्वाधारको कमि रहेकोले ग्रामीण भेगका सहकारीहरुमा प्रविधिको प्रयोग न्यून रहेको छ । सहकारिका संचालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु प्रविधि प्रयोग गरे तापनि सहि प्रयोगको ज्ञान नभएकोले कार्य क्षमतामा कमि रहेको देखिन्छ । अनलाइन सुरक्षा (Cyber Hygiene) बारे लगभग शून्य चेतना पाइन्छ भने सदस्यहरू अझै कागजी कारोबारमै धेरै विस्वास गर्ने गर्दछन । अनुभवका आधारमा नेपालमा सहकारीहरूको डिजिटल साक्षरताको वर्तमान अवस्थालाई निम्न बुदाहरुमा ब्याख्या गर्न सकिन्छ ।

१. डिजिटल प्रविधि अपनाउने प्रवृत्ति

शुरुवातमा भने जस्तै डिजिटल बिभाजन प्रबिधि अपनाउने प्रबृत्तिमा देखिन्छ । शहरी क्षेत्रका सहकारीहरुले CBS मोबाइल बैंकिंग आदि कार्यन्वयन गरेका छन् भने ग्रामीण क्षेत्रका सहकारीले प्रविधिको पहुँचको कमि तथा दक्ष जनशक्तिको कमीले गर्दा अझै पनि प्रविधिमा धेरै अगाढी बढ्न सकेको छैनन्


प्रशिक्षण र जनशक्ति
सहकारीका कर्मचारीहरुलाई आवश्यक सफ्टवेयर, कम्प्युटर संजाल तथा अन्य आवश्यक उपकरण संचालन गर्ने तालिमको कमि रहेको छ ्र सहकारी महासंघ, सहकारी बैंक तथा अन्य संघहरुले तालिम संचालन गरेतापनि प्रशिक्षण र जनशक्तिको अझै अभाब जस्तो छ ।


पूर्वाधारको अभा

ग्रामीण तथा दुर्गम क्षेत्रमा इन्टरनेट पहुँच, बिजुली आपूर्ति, र आवश्यक उपकरणहरूको अभावले डिजिटल प्रणाली कार्यान्वयनमा चुनौती छ ।

४. नीति र नियमन
सरकार तथा अन्य नियमनकारी निकायले डिजिटलाईजेसनमा जोड दिइरहेका छन्, तर कार्यान्वयन स्तरमा ठोस प्रगति अझै देखिएको छैन। सहकारीमैत्री डिजिटल नीति नियम अझ परिमार्जन गर्दै लैजानु पर्ने देखिन्छ ।

५. सुरक्षा र गोपनीयता

धेरै सहकारी संस्थाहरूले न्युनतम डिजिटल सुरक्षा मापदण्डको पालना नगरेका कारण साइबर जोखिम उच्च रहेको देखिन्छ ।
डिजिटल साक्षरताको कार्यन्वयन गर्न देखियका प्रमुख चुनौतीहरु

१. प्राविधिक चुनौतीहरू
नेपाल दुरसंचार प्राधिकरणको प्रतिवेदन अनुसार नेपालमा टेलिफोन सेवाको घनत्व १२४.२२५ तथा ब्रोडब्याण्ड सेवाको घनत्व १४९.२३५ पुगेको आँकडा रहे तापनि ग्रामीण भेगमा इन्टरनेटको पहुँचको अभाब तथा विद्युत आपूर्तिमा अस्थिरता प्राविधिक प्रमुख चुनौती रहेको छ जसले गर्दा डिजिटल प्रणालीमा निर्भरता कठिन हुन्छ। साथै धेरै सहकारीहरूमा कम्प्युटर, प्रिन्टर, स्क्यानर, वा सफ्टवेयरजस्ता आधारभूत उपकरणमा खर्च धेरै कम गर्ने गरेकोले पनि डिजिटल साक्षरतामा चुनौती पुगेको छ ।

२. जनशक्ति र तालिमको अभाव
सहकारीमा सहि प्रशिक्षण प्राप्त कर्मचारीको कमी रहेको देखिन्छ अझ ग्रामीण क्षेत्रमा रहेको सहकारीको कर्मचारीले अहिले प्रविधि सिक्दै गरेका छन् भने तुरुन्तै नयाँ प्रविधि बुझ्ने क्षमतामा कमि भएकोले पनि अर्को चुनौती थपिएको छ ।
सहकारीका कर्मचारीलाई निरन्तर तालिमको अभाव अर्थात् एकपटक तालिम दिएपछि पनि पुनस् तालिम वा अपडेट तालिम नहुनु अर्को समस्या हो । र सहकारीका पाको उमेरका सदस्यहरूको प्रविधि प्रति अनभिज्ञता तथा बुझाइ कम पनि अर्को चुनौती हो ।

३. प्रविधिमा लगानीको कमि
सहकारीमा डिजिटल उपकरण खरिद तथा यसको संचालन गर्न आबस्यक बजेटको कमि अर्को चुनौती हो । ग्रामीण सहकारीमा आवश्यक बैंकिङ सफ्टवेयर, डाटाबेस सुरक्षा र मर्मतसम्भारका लागि खर्च जुटाउन गाह्रो हुन्छ भनि प्रविधि नै कार्यन्वयन नगर्ने गरिएको छ ।
४. संस्थागत र व्यवस्थापकीय चुनौतीहरू
सहकारीमा नेतृत्वमा रहनेले प्रविधि जडान खर्च, यसको संचालन खर्च, यसको सुरक्षामा हुने खर्चलाई ठुलो मानेर प्रविधिलाई प्राथमिकतामा नराख्ने र यसमा भएको लगानीको प्रतिफल नपाइने भनि बजेटमा नराख्ने गरेको एउटा अर्को चुनौती हो । धेरै सहकारीमा नीति तथा रणनीतिक योजनाको अभाव पनि छ अर्थात् धेरै सहकारी संस्थाहरूमा डिजिटल रुपान्तरणको स्पष्ट योजना छैन ।

५. साइबर सुरक्षा र डेटा गोपनीयता
सहकारीमा सुरक्षा मापदण्डको कमी हुन सक्छ । डिजिटल प्रणाली प्रयोग गर्दा डेटा सुरक्षाको उचित मापदण्ड नअपनाउँदा ह्याकिङ र डेटा चोरीको खतरा रहन्छ । सानो इमेलको उदाहरण हेरौं Forbes ले जारी गरेको प्रतिवेदन अनुसार कम्प्युटरमा malware आक्रमण गराउने इमेल प्रमुख कारक हो । गत वर्षमात्र संसारमा ३५ प्रतिशत malware इमेलमार्फत गएको आँकडा छ । जसले प्रविधि अपनाउन शुरु गरेका छन् उनीहरुले संचारका लागि इमेल अवश्य प्रयोग गर्छन । यहि इमेल सहकारीमा ह्याकिङ हुने माध्यम भन्न सक्छ । त्यसैले सहकारीलाई यसको उचित प्रयोग गर्न र यसबाट आफु cyber जोखिमको पीडित नहुन अझै प्रशिक्षण दिनुपर्ने देखिन्छ ।

६. प्रविधि प्रतिरोध
हामी हरेको परिवर्तनलाई प्रतिरोध गर्ने गर्छौ र यो मानवीय स्वभाव र कुनै नयाँ चिजमा तुरुन्त विश्वास नहुनु स्वभाविक पनि हुन सक्छ । त्यसैले सहकारीमा परम्परागत रुपमा चली आयको भन्दा फरक प्रविधि जडान गर्दा यसमा प्रतिरोध आउंछन् र यसलाई पनि एउटा चुनौतीको रुपमा हेर्न सकिन्छ ।

७. नीति नियमको अस्पस्टता र नियमनको कमि
सहकारीले प्रविधिमा के अनुसरण गर्ने । कुन सुरक्षा परिधिभित्र रहने, कुन नीति नियम मान्ने । यसको प्रस्ट जानकारी छैन जस्तो लाग्छ । र कार्यन्वयनमा आएका प्रविधिलाई सहि छ छैन भनेर अनुगमन गर्ने निकायले राम्रो संग हेरेको पाइदैन ।

समाधान र सुधारका उपायहरू
१. नियमित डिजिटल तालिम कार्यक्रम
डिजिटल साक्षरतालाई अघि बढाउन डिजिटल तालिम कार्यक्रमलाई प्रोत्साहन गर्नु पर्ने हुन्छ । सहकारी महासंघ, सहकारी बैंक तथा अन्य संघहरुले यसमा पहल लिदै आए पनि अझै यसको बृहत्तर कार्यान्वयनको खाँचो छ । यस्ता तालिम कार्यक्रमले डिजिटल बिभाजनलाई कम गर्दै पनि लैजाने भएकाले नियामक निकायले पनि सोच्नुपर्ने देखिन्छ ।


२. सहकारी शिक्षा पाठ्यक्रममा डिजिटल विषय समावेश
सहकारीका बिभिन्न निकायहरुको सहकारी शिक्षा पाठ्यक्रममा डिजिटल विषय समावेश गर्नुपर्ने देखिन्छ ्र सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रले संचालन गर्ने तालिममा, सहकारी महासंघको डिप्लोमा कोर्समा र नेफ्स्कुनको सहकारी व्यवस्थापकको कोर्समा यस सम्बन्धी व्यवस्था रहेकोमा यसलाई समय अनुरुप परिमार्जन गर्दै दक्ष प्रशिक्षकबाट प्रशिक्षण दिनुपर्ने तथा प्रशिक्षित व्यक्तिले यसको पूर्ण कार्यन्वयन गर्नु उचित हुन्छ ।


३. नियमन र निगरानी
सहकारी नियमन निकायहरूले सहकारी संस्थाहरूको डिजिटल प्रणालीको निगरानी र मूल्याङ्कन गर्नुपर्छ, र आवश्यक परेमा सुधारका लागि निर्देशन दिनुपर्छ ।


४.सदस्यहरूको सहभागिता
सहकारी सदस्यहरूलाई डिजिटल प्रणालीको प्रयोगमा सहभागी गराई उनीहरूको सुझाव र प्रतिक्रिया लिनु आवश्यक छ, जसले प्रणालीलाई अझ प्रभावकारी बनाउँछ । यसको लागि सहकारीले युवा वर्गलाई लक्षित गर्दै डिजिटल सेवा संचालन गर्दै यस सम्बन्धी कार्यमा सहभागिता बढाउन सक्छ ।


५. प्रविधिको सुरक्षित प्रयोग
सहकारी संस्थाहरूले सुरक्षित पासवर्ड नीति, डेटा इन्क्रिप्सन, र नियमित ब्याकअपजस्ता साइबर सुरक्षा उपायहरू अपनाउनुपर्छ ।

निष्कर्ष
अहिलेको डिजिटल युगमा सहकारीलाई प्रविधिसँग अलग राखेर सोच्न सकिन्न । प्रविधि ल्याउनु एक पक्ष हो, तर त्यो प्रविधिको सही र सुरक्षीत प्रयोग गर्न सक्ने जनशक्ति तयार गर्नु नै डिजिटल साक्षरता हो । अब सहकारी संस्थाहरूले रणनीतिक योजना, बजेट, मानव संसाधन विकास र सेवा वितरणका हरेक तहमा डिजिटल साक्षरतालाई प्राथमिकता दिनैपर्छ । डिजिटल साक्षरता सम्बन्धी कार्य हुदै नभयको भन्दा पनि आवश्यक रुपमा यथेस्ट कुराहरु पुगेको छैन । यसलाई अझै बढाउदै लग्नुपर्नेमा कसैको दुइमत नहोला । अन्त्यमा, सशक्त सहकारीका लागि डिजिटल साक्षरता अब आवश्यक मात्र होइन, अनिवार्य भएको छ भन्ने कुरा सबैले मनन गरि कार्य गरौ, सहकारीलाई प्रविधिमैत्री बनाऔं ।

प्रकाशित : 19 June, 2025 10:58 am