काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, पर्साका अधिकृत(आठौं तह) कमल राज गौतम विरुद्ध आरोप पत्र दायर गरेको छ । उनले पदमा बहाल रहँदा पदीय मर्यादा विपरितका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्नेसमेत व्यहोराको उजुरीका आधारमा आरोपपत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले बताए ।
गौतम उपर बिगो रु.२ दुइ कराेड ५१ लाख ७८ हजार ६८७.७१ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो ।
Comment