काठमाडौं । विदेशमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीहरूका लागि इन्लाइटन इन्टरनेशनल एजुकेसनले ‘स्टडी अब्रोड बुट क्याम्प ८.०’ आयोजना गर्ने भएको छ। बागबजारस्थित संस्थाको कार्यालय परिसरमा जुन २० मा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने यो कार्यक्रम ‘वन–स्टप’ समाधान केन्द्रका रूपमा प्रस्तुत गरिएको छ।
इन्लाइटनका अनुसार, अमेरिका, बेलायत, अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडालगायत प्रमुख शैक्षिक गन्तव्यहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई आवश्यक सम्पूर्ण जानकारी, परामर्श र सहजीकरण यही कार्यक्रममार्फत उपलब्ध गराइनेछ। २०२५ इन्टेक लक्षित यो बुट क्याम्प विद्यार्थीहरूका लागि अध्ययन योजना निर्माणदेखि भिसा प्रक्रियासम्मको पूर्ण मार्गदर्शन प्याकेज हुनेछ।
कार्यक्रममा सहभागी हुनेहरूले आईईएलटीएस, पीटीई, टोफेल, डुओलिंगो र स्याट जस्ता परीक्षणहरूको तयारी सम्बन्धी जानकारी तथा ३० प्रतिशतसम्म शुल्क छुट प्राप्त गर्नेछन्। साथै, विश्वविद्यालय छनोट, छात्रवृत्ति, आर्थिक कागजात व्यवस्थापन र भिसा प्रक्रियासम्बन्धी विषयमा अनुभवी विशेषज्ञहरूसँग प्रत्यक्ष परामर्शको व्यवस्था गरिनेछ।
इन्लाइटनले सहभागीहरूका लागि विभिन्न आकर्षक गिफ्ट ह्याम्पर, मुभी टिकट, मोबाइल रिचार्ज कार्ड जस्ता उपहारहरूको समेत व्यवस्था गरेको जनाएको छ।
साढे एक दशकभन्दा लामो समयदेखि अन्तर्राष्ट्रिय शिक्षा सल्लाह सेवामा क्रियाशील इन्लाइटन इन्टरनेशनलले हजारौं विद्यार्थीहरूलाई विदेश अध्ययनका लागि तयारी गराउँदै पठाएको अनुभव बोकेको छ। सहज भिसा प्रक्रिया, पारदर्शी परामर्श र विद्यार्थी–अभिभावकबीचको भरोसा कायम गर्न सफल यो संस्था नेपाली शैक्षिक परामर्श क्षेत्रमा प्रभावशाली छवि बनाउन सफल भएको बताइन्छ।
इच्छुकहरुका लागि दर्ता लिङ्कः https://forms.gle/rwuUkHr3HRQRtpDV9
Comment