सर्वोत्तम सिमेन्टको सञ्चालकमा खरेल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सर्वोत्तम सिमेन्टको सञ्चालकमा खरेल नियुक्त



काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको सञ्चालकमा विनय खरेल नियुक्त भएका छन्। जेठ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले खरेललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्नेगरी उनलाई जेठ २५ गतेदेखि लागू हुनेगरी सञ्चालक नियुक्त गरिएको हो ।

यस्तै उक्त बैठकले यसअघिका सञ्चालक उत्सव न्यौपानेको राजीनमा स्वीकृत गर्ने निर्णय गरेको छ । न्यौपानेले कम्पनीको सञ्चालक समितिसमक्ष जेठ २३ गते राजीनमा पेश गरेका थिए ।

प्रकाशित : 9 June, 2025 3:23 pm