एकैदिन बैंकमा १५ अर्ब निक्षेप थप, कर्जा प्रवाहमा भने सुस्तता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एकैदिन बैंकमा १५ अर्ब निक्षेप थप, कर्जा प्रवाहमा भने सुस्तता



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा जेठ २२ गते मात्र १५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार सो दिन बैंक तथा वित्तीय संस्थामा जम्मा निक्षेप ६९ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको ६९ खर्ब ५१ अर्ब रुपैयाँभन्दा १५ अर्ब बढी हो।

तर, सोही दिन कर्जा प्रवाह भने झिनो मात्र देखिएको छ। जेठ २२ गते जम्मा दुई अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको देखिएको छ। यससँगै कुल कर्जा प्रवाह ५५ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ।

निक्षेप वृद्धिको गति तेज भए पनि कर्जा प्रवाहले भने अपेक्षित वृद्धि गर्न सकेको छैन। यससँगै बैंकहरुको औसत क्रेडिट डिपोजिट अनुपात ७८.५९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। यसले बैंकिङ प्रणालीमा तरलता बढ्दै गएको देखिए पनि कर्जाको मागमा अपेक्षित वृद्धि नभएको संकेत गरेको छ।

प्रकाशित : 9 June, 2025 1:21 pm