काठमाडौँ — जापानमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित ‘स्टडी इन जापान बुटक्याम्प ७.०’ शुक्रबार राजधानीको बागबजारस्थित इन्लाइटन इन्टरनेसनल एजुकेशनको परिसरमा सम्पन्न भएको छ। बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गरिएको कार्यक्रममा करिब ३०० विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका थिए।
प्लस टु, स्नातक र स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त बुटक्याम्पमा जापानी भाषा परीक्षाहरू—एनएटी, जेपीटी, जेएलसीटी र जे–सर्ट—को तयारी, जापानी विश्वविद्यालयहरूमा भर्ना प्रक्रिया, स्किल भिसा र छात्रवृत्तिका अवसरबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
इन्लाइटन इन्टरनेसनल एजुकेशनका अध्यक्ष दिपक भुसालले बुटक्याम्पले जापानमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि स्पष्ट दिशानिर्देश दिएको बताए। “कार्यक्रमले छात्रवृत्ति, छुट र आकर्षक उपहारहरूसमेत उपलब्ध गरायो,” उनले भने।
बुटक्याम्पमा सहभागी विद्यार्थीहरूले जापानी विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष छलफल गर्दै परीक्षा तयारी र भर्ना प्रक्रियामा उपयोगी रणनीति प्राप्त गरेका थिए। सिनेमा टिकट र गिफ्ट ह्याम्परजस्ता उपहारले कार्यक्रम थप आकर्षक बनाएको सहभागीहरूले बताए।
इन्लाइटनकी डाइरेक्टर सिता भट्टराईले जापानको शैक्षिक अवसर र भाषा परीक्षाको तयारीमा यस्ता बुटक्याम्पको भूमिका महत्वपूर्ण हुने धारणा राखिन्। जे–सर्ट नेपालका सुपरभाइजर पवन शाहीले कार्यक्रममा सहभागिताले विद्यार्थीहरूलाई जापानको शैक्षिक सम्भावनाप्रति प्रेरित गरेको बताए। त्यस्तै, जेएलसीटी प्रतिनिधि अनिस सापकोटाले बुटक्याम्पले विद्यार्थीहरूको भविष्य सुनिश्चित गर्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्यका ढोका खोल्ने विश्वास व्यक्त गरे।
विकल्प अधिकारीले जापानको उच्च शिक्षा र स्वास्थ्य क्षेत्रका अवसरहरूबारे यस्ता कार्यक्रमले महत्वपूर्ण सन्देश दिने बताए।
साढे एक दशकदेखि शैक्षिक परामर्श प्रदान गर्दै आएको इन्लाइटनले आइइएलटिएस, पिटिई, डुलिङ्गो र जापानी भाषा तयारी कक्षाहरूमा उत्कृष्ट सेवा दिँदै आएको छ। विश्वसनीय परामर्श, भिसा प्रक्रिया सहजीकरण र विद्यार्थीमैत्री वातावरणका कारण इन्लाइटन विद्यार्थी र अभिभावकमाझ लोकप्रिय बन्न सफल भएको छ।





Comment