काठमाडौं । अपि पावर कम्पनीको सहायक संस्था दार्चुला पावरले निर्माण गर्न लागेको २८.३ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजनाका लागि नेपाल बैंकको नेतृत्वमा नविल बैंकले ऋण लगानी गर्न सहमति जनाएका छन्।
नेपाल बैंक र नविल बैंकले संयुक्त रूपमा पाँच अर्ब ६६ करोड रुपैयाँ ऋण लगानी गर्न सहमति जनाएका हुन्। आयोजनालाई आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीका अध्यक्ष सञ्जीव न्यौपानेले जानकारी दिए।
बुधबार साँझ आयोजना प्रवद्र्धक कम्पनी र ऋण लगानीकर्ताबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता सम्पन्न भएको हो। सम्झौता कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का, दार्चुलाबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु, र प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा सहभागी थिए।
Comment